गैँडाकोटमा ४ दिन र भरतपुरमा ६ दिन विद्यालय बन्द

गैँडाकोट । अत्याधिक गर्मी बढेपछि नवलपुरको गैँडाकोट नगरपालिकाले नगरका सबै विद्यालयहरुमा चारदिन विदा दिने निर्णय गरेको छ । यहि जेठ २१ गते आइतबारदेखि बुधबारसम्मका लागि गर्मी विदा दिने निर्णय भएको हो । शैक्षिकसत्र २०८० को बर्षे विदाबाट कट्टा हुनेगरी आईतबारदेखि बुधबारसम्म ४ दिन गर्मी विदा दिइएको नगरपालिकाले जनाएको छ ।
यसैगरि भरतपुर महानगरपालिकाले आइतबारदेखि महानगर भित्रका विद्यालय ६ दिन बन्द गर्ने निर्णय गरेको छ । अत्याधिक गर्मीका कारण वर्षे विदा कटौती गर्दै जेठ २१ देखि २६ गते शुक्रबारसम्म विद्यालय बन्द गर्ने निर्णय गरिएको महानगरका शिक्षा अधिकारी महेन्द्रप्रसाद पौडेलले जानकारी दिनुभयो ।