नगरस्तरीय तीज गीत प्रतियोगिता स्मल हार्ट एकेडेमी प्रथम

२०८० भदौ २९ शुक्रबार १९:३८:०० मा प्रकाशित

गैँडाकोट । गैंडाकोट २ को बाल विकास ईङलिस बोर्डिङ स्कूलमा शुक्रबार नगरस्तरीय तीज गीत प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा स्मल हार्ट एकेडेमी प्रथम भएको छ ।

किड्स होम एकेडेमी दोस्रो र जनक नमुना मा.वि.तेस्रो भएको छ । प्रतियोगितामा गैंडाकोट नगरपालिकाको निजि तथा संस्थागत गरि २३ विद्यालयहरुको सहभागिता रहेको थियो । बाल अधिकार, राष्ट्र राष्ट्रियता, नेपाली मौलिक संस्कृति, रितिरिवाज परम्परा, सामाजिक परिवर्तन, शैक्षिक तथा सामाजिक चेतनामुलक शिर्षकमा रहेर सहभागी विद्यार्थीहरुले गीत प्रस्तुत गरेका थिए । गैंडाकोट नगरपालिकाको आयोजनामा भएको कार्यक्रमको ब्यवस्थापन भने बाल विकास ईङलिस बोर्डिङ स्कूलले गरेको थियो ।