सरस्वती निकेतनमा आजदेखि बार्षिक खेलकुद कार्यक्रम सुरु

२०८० मङ्सिर ६ बुधबार १९:०६:०० मा प्रकाशित

गैँडाकोट । सरस्वती निकेतन आवासिय माध्यमिक विद्यालयमा आजदेखि बार्षिक खेलकुद कार्यक्रम सुरु भएको छ । विद्यार्थीको खेल प्रतिभालाई निखार्न र हुन लागिरहेको राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको तयारीका रुपमा विद्यालयले आन्तरिक खेल प्रतियोगिता गरेको विद्यालयका प्रचार्य भरतबाबु कँडेलले बताउनुभयो । 
यस्तै विद्यालयका एकेडमीक इन्चार्ज कपिल लामिछानेले विद्यालयले विद्यार्थीहरुको क्षमता उजागर गर्न समयसमयमा बिभिन्न कार्यक्रम गर्दै आएको र यो पनि एक रहेको बताउनुभयो । विद्यार्थीको शारिरीक, मानसिक विकाससँगै सर्वाङ्गीण पक्षको विकासका लागि स्पोर्ट मिट गरेको उहाँले जानकारी दिनुभयो । 
विद्यार्थीहरुले दौड, भलिबल, फुटबल, रिले रेस, लङ जम्प, हाइ जम्प लगायतका बिभिन्न खेलहरु हुने विद्यालयका इसिए कोओर्डिनेटर समिर सापकोटाले जानकारी दिनुभयो । विद्यालयका कक्षा ६ देखि १२ सम्मका विद्यार्थीले बिभिन्न खेल कार्यक्रममा सहभागि हुनेछन । 
सोहि क्रममा राष्ट्रिय सेवा दल एनसिसिका विद्यार्थी खुकुरी ड्रिल प्रस्तुत गरेका थिए भने राष्ट्रिय गितमा नृत्य समेत प्रस्तुत गरेका थिए । 
मसाल बाली उद्घाटन गरिएको सो बार्षिक खेलकुद कार्यक्रम आजदेखि १५ गतेसम्म तहगत रुपमा विद्यालयमा सञ्चालन हुनेछ । यस किसिमको प्रतियोगितात्मक खेल कार्यक्रम विद्यालयले हरेक बर्ष गर्दै आइरहेको छ । आज नै अफिसियल जजका साथमा सपथ ग्रहण समेत भएको छ । सो औपचारिक सत्रमा विद्यालय सञ्चालक समिति अध्यक्ष चोक्षादेवि शर्मा, विद्यालयका बिभिन्न लेभलका लेभल हेड, शिक्षक, विद्यार्थी लगायतको उपस्थिती रहेको थियो भने औपचारिक सत्रको सञ्चालन माध्यमिक तह प्रमुख रामकृष्ण कोइरालाले गर्नुभएको थियो ।