विदुषी योगमाया आयुर्वेद विश्वविद्यालयका पदाधिकारीको शपथ

२०८२ बैशाख २७ शनिबार १४:४२:०० मा प्रकाशित

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा विदुषी योगमाया हिमालयन आयुर्वेद विश्वविद्यालयका नवनियुक्त पदाधिकारीहरुले पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।


प्रधानमन्त्री निवास, बालुवाटारमा आज आयोजित कार्यक्रममा विश्वविद्यालयका अध्यक्ष डा.अर्जुन कार्की, कुलपति प्रा.डा रमेशकुमार ढुङ्गेल र रजिष्ट्रार डा. डम्बरध्वज चेम्जोङले शपथ लिनुभएको हो ।


नयाँ कानुनी व्यवस्थानुसार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले अध्यक्ष कार्कीलाई, अध्यक्ष कार्कीले कुलपति ढुङ्गेललाई र कुलपति ढुङ्गेलले रजिष्ट्रार चेम्जोङलाई शपथ गराउनुभएको हो ।

त्यस अवसरमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का, शिक्षा मन्त्रालयका सचिव डा.दीपक काफ्लेलगायत उपस्थित हुनुहुन्थ्यो । रासस