भारत र पाकिस्तान एक अर्काविरूद्ध आक्रमण रोक्न सहमत 

२०८२ बैशाख २७ शनिबार १९:३९:०० मा प्रकाशित

भारत र पाकिस्तान एक अर्काविरूद्धको आक्रमण रोक्न सहमत भएका छन्। शनिबार साँझ ५ बजेदेखि लागु हुनेगरी दुवै देशले युद्धविरामुमा सहमति जनाएको भारतीय विदेश मन्त्रालयका सचिव विक्रम मिश्रीले पत्रकार सम्मेलनमा बताएकाछन्। 

उनले दुई देशबीच जमिन, आकाश र समुद्र तीनै ठाउँबाट एक अर्कालाई आक्रमण नगर्ने भन्ने सहमति भएको बताए। मिश्रीले शनिबार अपराह्न ३:३५ बजे  पाकिस्तानी सेनाका वरिष्ठ अधिकारीले भारतीय सेनाका वरिष्ठ अधिकारीलाई टेलिफोन गरेको बताए। दुई जनाबीचको टेलिफोन संवादपछि दुवै पक्षबीच जमिनबाट हुने गोलाबारी, आकाशबाट हुने सैन्य कारबाही र समुद्रबाट हुने आक्रमण रोक्न तयार हुनुभएको छ मिश्रीले जानकारी गराएका छन् ।