रजहरको किसान शाखामा चोरी

देवचुली । देवचुलीको किसान शाखामा चोरी भएको छ । देवचुली नगरपालिका वडा नम्बर १६ रजहरमा रहेको किसान बचत तथा ऋण सहकारी सस्थाको जनमुखी सेवा केन्द्रमा चोरी भएको हो।
बिहिबार राति सेफमा राखिएको ६ लाख ३५ हजार ६ सय ५५ रुपैयाँ चोरी गरिएको ईलाका प्रहरी कार्यालय रजहरले जनाएको छ । शुक्रबार बिहान कार्यालय ताला फोडिएको स्थानीयले देखेपछि ईलाका प्रहरी कार्यालय रजहरलाई खबर गरेका थिए ।
कार्यालयको ढोकाको ताल्चा फोडि भित्र रहेको सेफबाट नगद चोरी गरिएको छ
गए राती नै विकूको प्रगतिनगर सेवा केन्द्रमा समेत चोरी प्रयास गरेको र सेफमा पैसा नभएकाले कुनै पनि आर्थिक क्षति नभएको तर १ वटा सिसि क्यामरा चोरी भएको प्रहरीले जनाएको छ।
यसको बिषयमा अनुसन्धान चलिरहेको जिल्ला प्रहरी कार्यलय नवलपुरले जनाएको छ ।