राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा जनक नमुना माध्यमिक विद्यालय प्रथम

२०८० मङ्सिर २२ शुक्रबार २०:३०:०० मा प्रकाशित

गैँडाकोट । गैँडाकोट नगरपालिकाको आयोजना र विजय सामुदायिक शिक्षा सदनको व्यवस्थापनमा भएको छौँटो गैँडाकोट नगरस्तरिय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा जनक नमुना माध्यमिक विद्यालय प्रथम भएको छ । मंसिर १९ गतेदेखि सुरु भएको प्रतियोगिताको विजयी बनेको जनक नमुना माध्यमिक विद्यालयले ७ स्वर्ण, ४ रजत, ६ कास्य पदक सहित प्रथम भएको हो भने ६ स्वर्ण, ५ रजत, ५ कास्य पदक सहित सरस्वती निकेतन द्धितिय बन्न सफल भएको छ । यस्तै ४ स्वर्ण, ७ रजत, ३ कास्य पदक लक्ष्मी माध्यमिक विद्यालयले तृतिय स्थान हासिल गरेको छ । 


साहै राष्टपति रनिङ्ग शिल्ड प्रतियोगिताको समापन समारोहमा गैँडाकोट नगरपालिकाका नगरप्रमुख मदनभक्त अधिकारीको प्रमुख आतिथ्यता रहेको छ उहाँले खेलले स्वास्थ्यलाई फाइदा पु¥याउने सँगै पहिचान राख्न मद्त गर्ने बताउनुभयो । प्रथम, द्धितिय हुनुमात्र नभई सहभागि हुनु पनि राम्रो पक्ष भएको बताउनुभयो ।  साथै उहाँले उत्कृष्ट व्यवस्थापन गर्दै खेलकुदका कार्यक्रम गरेकोमा व्यवस्थापक विद्यालय विजय सामुदायिक शिक्षा सदनलाई धन्यबाद ज्ञापन गर्नुभएको छ । साथै विद्यार्थीले आफुभित्रको खेल प्रतिभा अझै उजागर गर्दै अगाडी बढ्न पनि सुझाव दिनुभएको छ । 


व्यवस्थापक विद्यालयको तर्फबाट बोल्दै विजय सामुदायिक शिक्षा सहकारी संस्था लि अध्यक्ष खेमराज सापकोटाले नगरपालिकाले व्यवस्थापनको जिम्मेवारी विश्वासका साथमा दिएकोमा धन्यबाद दिदैँ राष्टपति रनिङ्ग शिल्ड प्रतियोगिता सफलताका साथ सम्पन्न गर्न सहयोग पु¥याएकोमा सहयोगीप्रति धन्यबाद धन्यबाद ज्ञापन गर्नुभएको छ । 


कार्यक्रममा बिभिन्न विद्यालयका प्रधानाध्यापक, शिक्षक प्रतिनिधि, जनप्रतिनिधि, अफिसियल प्रकाश पौडेल, अन्य अफिसियल तथा खेलाडीहरु लगायतको उपस्थिती रहेको थियो भने समापन शत्र कार्यक्रमको सञ्चालन विजय सामुदायिक शिक्षा सदनका नेपाली विषय प्रमुख रञ्जना लामिछानेले गर्नुभएको थियो । 


यस्तै १९ गते मंगलबार भएको मार्चपासमा सरस्वती निकेतन आवासिय माध्यामिक विद्यालय प्रथम, वाल विकास इङ्गलिस स्कुल द्धितिय र अक्फोर्ड सेकेण्डरी स्कुल तृतिय भएको विजय सामुदायिक शिक्षा सदनका प्रधानाध्यापक रेखा श्रेष्ठले जानकारी दिनुभयो । 
vfm