रवीनाको खुलासा –विवाहपछि अभिनेत्रीको करिअर सकिन्थ्यो

२०८० फाल्गुण १५ मंगलबार १७:०९:०० मा प्रकाशित

गैँडाकोट । अभिनयको संसारमा आएपछि उनले यस्तो स्थान बनाइन् कि ९० को दशकमा टप अभिनेत्रीमा पर्दथिन् । उनैले खुलासा गरेकी छन् कि त्यतिबेला विवाह भएपछि अभिनेत्रीको करिअर नै सकिन्थ्यो तर, अहिले त्यस्तो छैन ।
९० को दशकमा प्रतिभाशाली अभिनेत्री रवीना टन्डनले हालै खुलासा गरेकी छन् कि पहिले विवाहपछि काम पाउनै गाह्रो हुन्थ्यो । उनले भनेकी छन् कि  आफूले काम गर्ने समयमा विवाह गर्नुको अर्थ हुन्थ्यो करिअर सिध्याउनु । केही दर्शकलाई पनि त्यतिबेला विवाहित अभिनेत्री मन पर्दैनथ्यो भन्ने उनको भनाई छ । उनले अगाडि भनिन् ‘अहिले समय परिवर्तन भएको छ र फिल्मबाहेक ओटीटी प्लेटफर्म पनि छन् जहाँ एकदमै स्वतन्त्रपूर्वक आफ्नो प्रतिभा देखाउन सकिन्छ । अहिले मानिसहरुको हेराई पनि परिवर्तन भएको छ । अब दर्शकले पनि हरेक प्रकारका फिल्म हेर्न मन पराउँछन् ।’
रवीना टन्डन फिल्म केजीएफ २ मा महत्वपूर्ण भूमिका देखिएकी थिइन् । उनले लामो ब्रेक पछि पुनः अभिनयमा कदम राखेर दर्शकको मन पनि जित्न सफल भएकी छन् । उनी सामाजिक सञ्जालमा पनि एकदमै सक्रिय छन् ।