बाग्लुङ गैँडाकोट सम्पर्क समाजको रक्तदान कार्यक्रममा ४७ जनाद्वारा रक्तदान

२०८० चैत ३ शनिबार १७:२३:०० मा प्रकाशित

गैँडाकोट । बाग्लुङ गैँडाकोट सम्पर्क समाजको आयोजनामा गैँडाकोट ४ मा भएको रक्तदान कार्यक्रममा ४७ जनाले रक्तदान गरेका छन् । 

गैँडाकोट ४ वडा कार्यालय र आधारभूत स्वास्थ्य केन्द्रको सहयोगमा भएको कार्यक्रममा ४७ जनाले रक्तदान गरेका हुन् । वार्षिक रुपमा सामाजिक उत्तरदायित्वका कार्यक्रम अन्तर्गत रक्तदान गरिएको समाजका अध्यक्ष कुलप्रसाद गौतमले जानकारी दिनुभयो । 

कार्यक्रममा प्रमुख अतिथि वडा नम्बर ४ का वडा अध्यक्ष तेजप्रसाद घिमिरेले रक्तदान जस्तो पुण्य कार्यक्रमको आयोजना गरेकोमा संस्थालाई आभार व्यक्त गर्नुभयो ।  

कार्यक्रममा समाजका सल्लाहकार दुर्गादत्त पौडेल, आधारभूत स्वास्थ्य केन्द्रका प्रमुख टुकराम सुवेदी, सर्वाधिक रक्तदाता खुमनाथ पौडेल, स्मल हार्ट एकेडेमीका प्रिन्सिपल निर्मल पाण्डे, रक्तसञ्चार केन्द्र भरतपुरका प्रतिनिधि सिजन लामिछाने, वडा सदस्य हरि पौडेल, वडा सचिव वेदनाथ दहाल लगायतको उपस्थिति रहेको थियो । उद्घाटन कार्यक्रम प्रदिप सापकोटाले सहजिकरण गर्नुभएको थियो ।