हेमनाथ खरालको परिकल्पनामा रहेको ‘सहारा’ सार्वजनिक (भिडियोसहित)

२०८० चैत ७ बुधबार १७:४१:०० मा प्रकाशित

काठमाडौं । श्रीप्रसाद थापाको शब्द तथा लय रहेको ‘ सहारा ’ बोलको गीत सार्वजनिक भएको छ ।

उक्त्त गीतमा गायक रामचन्द्र चन्दको स्वर रहेको छ । प्रिज्म डिजिटल स्टुडियोमा रेकर्ड गरिएको गीतको संगीत संयोजक रामचन्द्र चन्द कै रहेको छ । गीतको भिडियोमा यशु भट्टराई र खिम खरेल ( विष्णु ) को अभिनय रहेको छ । पहिलोपटक अभिनय गर्दाको अनुभव सोचेअनुरुप भएको खरेलले बताए । उक्त्त गीतमा हेमनाथ खरालको परिकल्पना तथा बसन्त महर्जनको छायाकंन रहेको छ ।

उक्त गीतको भिडियो हुम गैरेको निर्देशन तथा सम्पादन गीतको तारिफ गर्न लायक भएको परिकल्पनाकार हेमनाथ खरालले बताए । उक्त गीतमा मिक्स / मास्टरिङ श्याम स्वेत रसाइलीले गरेका हुन् । गीतको रेकर्डिष्टमा कमल थापा र गोविन्द अनेक रहेका छन् । उक्त गीतको भिडियो रामचन्द्र चन्द नामक युटुब च्यालनमार्फत सार्वजनिक गरिएको छ ।