गैँडाकोटमा लेखा सुपरिवेक्षण समितिको क्षमता विकास तालिम समापन 

२०८० चैत ७ बुधबार १८:०२:०० मा प्रकाशित

गैँडाकोट । गैँडाकोटमा दुइ दिने लेखा सुपरिवेक्षण समितिको क्षमता विकास तालिम सकिएको छ । 

जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेडको आयोजना तथा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कुन)को प्राविधिक सहयोगमा तालिम सञ्चालन गरिएको हो । विजय विकास स्रोत केन्द्रको सभाहलमा भएको तालिमको सहजिकरण नेफ्स्कुनका तालिम अधिकृत श्यामराजा तिमिल्सेनाले गर्नुभएको थियो । 

कार्यक्रममा नेफ्स्कुनका लेखा तथा सुपरिवेक्षण समिति संयोजक ईन्द्रराज ज्योती पौडेल, गैँडाकोट नगरपालिकाको सहकारी हेर्दै आउनुभएका आर्थिक विकास शाखा प्रमुख देवेन्द्र गौतम, जिल्ला सहकारी संघका सचिव श्याम सुन्दर लामिछाने लगायतको उपस्थिति रहेको थियो ।  

जिल्ला बचत तथा ऋण सहकारी संघका कार्यबाहक अध्यक्ष बद्रीनाथ नेपालको अध्यक्षतामा भएको समापन कार्यक्रमको सहजिकरण संघका सचिव देवराज पौडेलले गर्नुभएको थियो । तालिममा गैँडाकोट नगरपालिकाका ३२ जनाको सहभागिता रहेका थिए ।