सहकारी समन्वय मञ्चको अध्यक्षमा बाबुराम खनाल चयन

२०८० चैत ९ शुक्रबार १७:४३:०० मा प्रकाशित


गैँडाकोट । सहकारी समन्वय मञ्च गैँडाकोटको अध्यक्षमा बाबुराम खनाल चयन हुनु भएको छ । मञ्चको प्रथम साधारण सभा तथा नेतृत्व चयन कार्यक्रमबाट उपाध्यक्षमा खगराज सापकोटा, सचिवमा मिलनराज घिमिरे, कोषाध्यक्षमा कान्तिमाया पुरी, सहसचिवमा दोलराज पाण्डे चयन हुनुभएको छ । यस्तै सदस्यहरूमा फुलुमाया पराजुली, तिलकुमारी महत्तो, कमलबहादुर अधिकारी, दुर्गादेवी लामिछाने, होमनाथ सापकोटा, गोविन्द कंडेल चयन हुनुभएको छ । लेखा सुपरिवेक्षण समितिको संयोजकमा शम्भुप्रसाद कंडेल चयन हुनुभएको छ । सदस्यमा तिलकप्रसाद कंडेल र दिलमाया सिग्देल चयन हुनुभएको छ । निर्वाचन समितिका संयोजक खेमराज सापकोटाले सहकारी अभियानको जग बलियो बनाउने स्थानीय तह नै भएकाले यस तहभित्र सहकारी अभियानलाई सुदृढ गराउन सहकारी समन्वय मञ्चले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभएको छ । 


नवनियुक्त अध्यक्ष बाबुराम खनालले सपथ ग्रहण पश्चात कार्यक्रममा बोल्दै सहकारी क्षेत्रमा आएका स्थानीय तथा राष्ट्रिय चुनौती न्यूनिकरण गर्दै सहकारी अभियानलाई पारदर्शी र बजबुत बनाउन मञ्चले भूमिका खेल्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । 


मञ्चका निवर्तमान अध्यक्ष प्रेमप्रसाद सापकोटा राजुले नवनिर्वाचित सञ्चालक समिति सशक्त बनेको र यसले सहकारी अभियानलाई सुदृढ बनाउन क्रियाशील रहने र सो अभियानमा आफ्नो सहयोग रहने बताउनुभयो । 
राष्ट्रिय सहकारी बैङ्कका लेखा समिति सदस्य केशवप्रसाद सापकोटाले सहकारी क्षेत्रमा चुनौती रहेको र नयाँ समितिलाई चुनौती न्यूनीकरणमा जोड दिन आग्रह गर्नुभयो । निर्वाचन समितिका सदस्य माधवप्रसाद गौतमले समन्वय मञ्चले सहकारी संस्थाहरू र विभिन्न निकायका बीच समन्वयका लागि सहयोग पु¥याउन आवश्यक रहेको बताउनुभयो । निर्वाचन समितिका सदस्य गोविन्द सुवेदीले नयाँ सञ्चालक समितिको सपथग्रहण कार्यक्रमको सहजीकरण गर्नुभएको थियो । 


यसअघि दिउँसो भएको सहकारी समन्वय मञ्चको प्रथम साधारण सभामा समन्वय मञ्च गैँडाकोटका निवर्तमान अध्यक्ष राजुप्रसाद सापकोटाले गैँडाकोट नगरपालिकामा रहेका सहकारी संस्थाहरूमा २० अरब आर्थिक कारोबार रहेको बताउनुभयो । उहाँले सहकारी ऐन २०७४, सहकारी नियमावली २०७५,  संस्थाको विनियम तथा आन्तरिक कार्यविधि प्रति संस्थाका सञ्चालक समिति, लेखा समिति तथा व्यवस्थापन प्रतिबद्ध हुनुपर्नेमा जोडदिनु भएको छ । गैँडाकोट नगरपालिकाका नगरप्रमुख मदनभक्त अधिकारीले सहकारीहरूलाई उत्पादनमुखी बनाउन सहकारी मञ्चलाई आग्रह गर्नुभएको छ । 


सहकारी समन्वय मञ्ज गैँडाकोटको आर्थिक बर्ष २०८०÷०८१ को प्रगति प्रतिवेदन प्रस्तुत गर्दै मञ्चका निवर्तमान सचिव बाबुराम खनालले आगामी दिनमा उद्देश्य मिल्ने तर सञ्चालनमा अप्ठेरो अवस्थामा सञ्चालनमा रहेका सहकारी बीच एकीकरणको लागि पहल गर्ने, कृषि, दुग्ध तथा पशुपन्छी व्यवसायमा देखिने समस्याहरूलाई समाधान गर्न आवश्यक रणनीति तय गर्ने लगायतको योजना रहेको बताउनुभएको छ ।  कार्यक्रममा आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै कोषाध्यक्ष कान्तिमाया पुरीले मञ्चमा हाल १ लाख १८ हजार २ सय ४९ रुपँैया बैङ्क मौज्दात रहेको बताउनुभयो ।  
कार्यक्रममा गैँडाकोट नगरपालिकाको सहकारी शाखा प्रमुख देवेन्द्र गौतम, नेफ्स्कुनका लेखा समिति संयोजक इन्द्रराज ज्योती पौडेल, नेफ्स्कुनका सञ्चालक गोपालप्रसाद गौतम, जिल्ला सहकारी संघ नवलपुरका अध्यक्ष तिलक पराजुली लगायतले कार्यक्रममा शुभकामना मन्तव्य राखेका थिए ।