आमाहरुको रोमाञ्चक कबडडी प्रतियोगिता, उपाधि राधाकृष्ण टोललाई

२०८० चैत १० शनिबार १९:१९:०० मा प्रकाशित

गैँडाकोट । शनिबार गैँडाकोट स्थित क्षेत्रीय रंगशालामा आमाहरुले रोमाञ्चक कबडडी प्रतियोगिता खेल्नुभएको छ ।

२५ वर्ष कटेका विवाहित महिलाहरुको खेलाडी ड्रेस सहितको सहभागिताले माहौल नै छुट्टै देखिन्थयो भने उत्साहजनक सहभागिताले थप रौनकता थपेको थियो । 

कबडडी प्रतियोगिताको चाँजोपाँजो मिलाएको थियो गामवेशी साँस्कृतिक कला केन्द्रले । प्रतियोगितामा गैँडाकोट ५ नम्बर वडामा रहेको महिला समूहहरुको १९ टिम सहभागी थिए ।   

गामवेशी साँस्कृतिक कला केन्द्रको आयोजनामा साँस्कृतिक पर्व फागु पूर्णिमाको अवसरमा आयोजित गैँडाकोट ५ नम्बर वडामा रहेको महिला समूहहरुको अन्तर टोल स्तरीय महिला समूह कबडडी प्रतियोगिताको उपाधि भने राधाकृष्ण महलिा समूहले हात पारेको छ ।   

प्रतियोगितामा द्वितीय गणेश मन्दिर महिला समूह, तृतीय भवानी टोल महिला समूह र चौंथो पूर्ण टोल महिला समूह भएका छन् । 

विजयी टिमलाई क्रमशः १० हजार, ७ हजार, ५ हजार र तृतीय ३ हजार पुरस्कार प्रदान गरिएको गैँडाकोट खेलकुद समितिका अध्यक्ष लक्ष्मण कार्कीले जानकारी दिनुभयो ।

विजेता समूहहरुलाई गामवेशी साँस्कृतिक कला केन्द्रका अध्यक्ष कमलबहादुर कुँवर र प्रमुख अतिथि गैँडाकोट ५ का वडा अध्यक्ष रत्नप्रसाद सापकोटाले पुरस्कार प्रदान गर्नुभयो ।