गैँडाकोट–१८ दमारमा साविक वडा/गाँउ स्तरीय भलिबल एवम् विविध खेलकुद कार्यक्रम शुरु 

२०८० चैत १४ बुधबार ०६:२५:०० मा प्रकाशित

गैँडाकोट । गैँडाकोट–१८ दमारमा साविक वडा/गाँउ स्तरीय भलिबल एवम् विविध खेलकुद कार्यक्रम शुरु भएको छ । होली पर्वको पावन अवसरमा साविक वडा/गाँउ स्तरीय भलिबल एवम् विविध खेलकुद कार्यक्रम शुरु भएको हो । 

सनराईज सोसियल युथ क्लब गैँडाकोट–१८ दमारको आयोजनामा २० गतेसम्म भलिबल एवम् विविध खेलकुद कार्यक्रम सञ्चालन हुने आयोजक संस्थाका अध्यक्ष टिका सुनारी मगरले जानकारी दिनुभयो । 

प्रमुख अतिथि युवा समाजसेवी एवं नेपाली काँग्रेसका महासमिति सदस्य गोकुल सापकोटाले खेलले शारीरिक तन्दुरुस्त राख्न सघाउ पुराउने बताउँदै यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने बताउनुभयो । 

विशिष्ट अतिथि गैँडाकोट खेलकुद समितिका अध्यक्ष लक्ष्मण कार्कीले नयाँ भलिवल खेलाडी उत्पादन गर्ने मुख्य उद्देश्यले गाउँघरमा लुकेर रहेका प्रतिभा एवं खेलाडी पहिचानमा सघाउ पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा नेपाली काँग्रेका गैँडाकोट सभापति बद्री सापकोटा, मिन घले, यदु सापकोटा, ललित श्रेष्ठ, रेशम सारु, गैँडाकोट १८ का वडा सदस्य चाम बहादुर सुनारी, सन्त थापा लगायतको उपस्थिति रहेको थियो । उद्घाटन कार्यक्रमको सञ्चालन होम सुनारीले गर्नुभएको थियो ।