नेपाल ‘ए’ र आयरल्यान्ड वुल्भ्सबीचको पहिलो ट्वान्टी–२० खेल आज 

२०८० चैत १६ शुक्रबार ०७:०२:०० मा प्रकाशित

घरेलु मैदानमा आयोजित ट्वान्टी–२० शृंखलामा नेपाल ‘ए’ ले आज आयरल्यान्ड वुल्भ्सविरुद्ध पहिलो खेल खेल्दै छ । 

यसअघि आयरल्यान्ड वुल्भ्सले रोहितकुमार पौडेलको कप्तानिमा रहेको नेपाली राष्ट्रिय टिमसँग दुई ट्वान्टी–२० क्रिकेट खेलेको थियो । दुवै खेलमा हार व्यहोरेको आयरल्यान्ड वुल्भ्स आज पहिलो जितको खोजीमा हुनेछ । 

वुल्भ्सविरुद्ध नेपाल ‘ए’ विनोद भण्डारीको कप्तानीमा उत्रिनेछ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने यो खेल दिउँसो १ बजेदेखि सुरु हुनेछ । 

यसअघि नेपाल ‘ए’ र वुल्भ्सबीचको ट्वान्टी–२० शृंखला बिहीबारदेखि सुरु हुने तालिका थियो । तर, पहिलो खेल वर्षा कारण सम्भव नभएपछि नेपाल क्रिकेट संघ (क्यान) ले पुनः नयाँ तालिका निकालेको हो । 

नयाँ तालिकामा क्यानले वुल्भ्ससँगको तीन खेलको ट्वान्टी–२० शृंखलालाई निरन्तरता दिएको छ । तालिकाअनुसार, नेपाल र वुल्भ्सले आज पहिलो, शनिबार दोस्रो र सोमबार तेस्रो खेल खेल्नेछन् । ट्वान्टी–२० शृंखलापछि यी दुई टिमले तीन खेलको एकदिवसीय शृंखलामा प्रतिस्पर्धा गर्नेछन् ।

एकदिवसीय शृंखला बुधबारदेखि सुरु हुनेछ । एकदिवसीय शृंखलाको पहिलो खेल बुधबार, दोस्रो शुक्रबार र तेस्रो आइतबार हुनेछ ।

 

बाह्रखरी