विजय एफएमद्वारा आयोजित पठन संस्कृति अभियानको पाचौँ शृङ्खलामा डा. मिनेन्द्र रिजाल

२०८१ श्रावण २६ शनिबार ०७:०९:०० मा प्रकाशित

गैँडाकोट । पठन संस्कृति अभियानको पाचौँ शृङ्खलामा सहभागि हुन राजनीतिज्ञ डा. मिनेन्द्र रिजाल गँैडाकोट आउनुभएको छ । आज विहान ११ बजे विजय विकास स्रोत केन्द्रको चेतना सदनमा हुने कार्यक्रममा डा. मिनेन्द्र रिजालको प्रमुख आतिथ्यता रहनेछ । सामुदायिक रेडियो विजय एफएम १०१.६ को आयोजनामा भइरहेको कार्यक्रमले समुदायमा पठन संस्कृतिको विकास गराउन मद्धत गरेको विजय एफएमका अध्यक्ष त्रिलोचन सापकोटाले जानकारी दिनुभयो । यस अभियानले सकरात्मक सोच र चिन्तनको विकास गराउन मद्धत पु¥याउने सापकोटाको विश्वास रहेको छ । 


डा. मिनेन्द्र रिजाल नेपाली काँग्रेसका नेता हुनुहुन्छ । डा. रिजाललाई नेपाली राजनीतिक क्षेत्रमा तर्कशील, बौद्धिक र समालोचना गर्न सक्ने व्यक्तिको रुपमा चिनिन्छ । डा. रिजाल माधव कुमार नेपालको मन्त्रीमण्डलमा संस्कृति मन्त्री र सुशिल कोइरालाको मन्त्रीपरिषद्मा सूचना तथा सञ्चार मन्त्रीको रुपमा काम गर्नुभएको थियो । डा. रिजालले अमेरिकाको न्यूयोर्क विश्वविद्यालयबाट व्यवस्थापन विषयमा विद्यावारिधि गर्नुभएको हो । पठन सस्कृति अभियानको पाचाँै शृङखलामा पनि अघिल्ला शृङ्खलामा जस्तै पाठकहरुले आफूले पढेका पुस्तकमाथि चर्चा परिचर्चा गर्ने कार्यक्रम रहेको विजय एफएमका स्टेशन म्यानेजर श्रीधर उपाध्यायले जानकारी दिनुभयो । गत बैशाख १५ गतेबाट पठन संस्कृति अभियान सुरु भएको थियो ।