सरस्वती निकेतनमा दीक्षान्त समारोह र कार्भिङ कम्पिटिसन
गैँडाकोट । गैँडाकोट १ मा रहेको सरस्वती निकेतन आवाशिय माध्यमिक विद्यालयले कक्षा ८ बाट ९ मा जाने विद्यार्थीहरुको दीक्षान्त समारोह आइतबार सम्पन्न गरेको छ ।
त्यस्तै सरस्वती निकेतन इन्ट्रा कलेज कार्भिङ कम्पिटिसन सम्पन्न गरेको छ । होटल म्यानेजमेन्ट पढ्दै गरेको विद्यार्थीहरुले खानाका परिकार साजसज्जा गर्नुका साथै काट्ने तरिकाबारेको प्रतियोगितामा सहभागिता जनाएका थिए । उनीहरुलाई शिक्षक अभिभावकको भोटका आधारमा पुरस्कृत समेत गरिएको थियो । त्यसैगरी विद्यालयमा श्रीकृष्णाजन्माष्टमी विशेष कार्यक्रम सम्पन्न गरेको छ ।
विद्यार्थीहरुको पठन कार्यलाई प्रवर्धन गर्नका लागि दीक्षान्त समारोह कार्यक्रम गरिएको विद्यालयका प्रिन्सिपल भरतबाबु कंडेलले जानकारी दिए । उनले व्यावहारिक जीवनमा लागु हुने विषयमा विद्यालयले सिकाउँदै आएको बताए । संस्कार संस्कृतिबारे पनि ज्ञान दिने गरेको उनको भनाई थियो ।
विद्यार्थीहरुको लुकेको प्रतिभा प्रस्फुटन गराउन विद्यालयले विभिन्न प्रतियोगितात्मक कार्यक्रमहरु आयोजना गरेको विद्यालयका सहायक प्रिन्सिपल लक्ष्मण कँडेलले बताए ।
विद्यालयका शिक्षक अभिभावक संघका अध्यक्ष कमलापति शर्माले सरस्वती निकेतलले शिक्षामा फड्को मार्न सफल भएको बताउँदै सबैको रोजाइको विद्यालय बन्न सफल भएको बताए । उनले विद्यालयले सञ्चालन गरेका गतिविधिले विधार्थीको सिकाउ उपलब्धी उच्च हुने र मनोबल बढ्ने समेत बताए । कार्यक्रमको सहजिकरण एकेडेमिक कोर्डिनेटर कपिल लामिछानेले गरेका थिए ।
सरस्वती निकेतन ब्रिटिस काउन्सिलले प्रदान गर्ने ईन्टरनेशनल स्कुल अवार्ड (आइएसए), आइएसओ ९००१ ः २०१५ सर्टिफाईड, सिपिडि प्रोभाइडर र रक्षा मन्त्रालय अन्तर्गतको राष्ट्रिय सेवा दलले प्रदान गर्ने तालिम जस्ता मान्यता प्राप्त विद्यालय हो ।