बालउदयमा तीजको अवसरमा सांस्कृतिक कार्यक्रम सम्पन्न, समाजसेवी खरेलले गरिन सहयोग
गैँडाकोट । गैँडाकोट १५ मा रहेको बालउदय आधारभूत विद्यालयले बुधबार तीज विशेष सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रमका प्रमुख अतिथि भेडाबारी सामुदायिक वनको कार्यसमिति सदस्य एवं युवा समाजसेवी गैँडाकोट ११ की पार्वती खरेलले विद्यार्थीहरुको सर्वाङ्गिण विकासका लागि चाडपर्व विशेष कार्यक्रम गर्नु राम्रो रहेको बताउनुभएको छ ।
युवा समाजसेवी खरेललले विद्यार्थीको शैक्षिक अवस्था सुधारका लागि विद्यार्थीहरुलाई स्टेशनरी प्रदान समेत गर्नुभएको छ । खरेलले झराही वासी र विद्यालय परिवारलाई दर खुवाउन सहयोग गर्नुभएको छ । आगामी दिनमा विद्यालयको विकास र विद्यार्थीको शैक्षिक विकासका लागि सक्दो सहयोग गर्ने प्रतिवद्धता समेत गर्नुभएको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामप्रसाद पौडेलले सांस्कृतिक पक्षको जानकारी दिन गरिएको कार्यक्रमले विद्यार्थीहरुलाई नयाँ कुराहरु सिक्न सहयोग पुगेको बताउनुभयो । विद्यार्थीहरुको मनोबल बढाउन सहयोग गर्ने सहयोगी युवा समाजसेवी खरेलको प्रशंशा समेत गर्नुभएको थियो ।
गैँडाकोट १७ का वडा अध्यक्ष गोपी कंडेल, न्यायिक समिति सदस्य गीता पौडेल, शितल सामुदायिक वनका अध्यक्ष पार्वती पौडेल, टोल सुधार समिति, महिला समूहका प्रतिनिधिहरुको कार्यक्रममा उपस्थिति रहेको थियो ।
कार्यक्रमको सहजीकरण विद्यालयका प्रधानाध्यापक पुनाराम गिरिले गर्नुभएको थियो भने कार्यक्रममा उपस्थिति अतिथिहरुलाई शिक्षक लक्ष्मी आचार्यले स्वागत गर्नुभएको थियो । यसै कार्यक्रममा विद्यार्थीहरुबीच तीज गित प्रतियोगितामा समेत सम्पन्न गरिएको विद्यालयका प्रधानाध्यापक गिरिले जानकारी दिनुभयो ।