गैँडाकोटकी १४ बर्षिया बालिका नारायणगढबाट बेपत्ता

२०८२ बैशाख ८ सोमबार ०६:११:०० मा प्रकाशित


नवलपरासीको गैँडाकोटबाट एक बालिका हराएकी छिन् । गैँडाकोट नगरपालिका वडा नं. १५ घर भएकी १४ बर्षिया बालिका अञ्जली पौडेल बेपत्ता भएको परिवारले जनाएको छ ।  

घरकै हजुरआमासँग चितवनको गितानगर स्थित उजेलीनगरबाट नारायणगढको शहिदचोकसम्म सँगै आएकी पौडेल शौचालय जाने भन्दै निस्किएको र हालसम्म पनि परिवारको सम्पर्कमा नआएको अञ्जलीका ठुलोबुवा राजेन्द्र पौडेलले बताउनुभयो ।  

अञ्जलीले युनिक बोडिङ स्कुलमा कक्षा ८ मा अध्ययन गर्दै आएकी थिइन् । उनको अवस्था पत्ता लाग्न सकेको छैन । आफन्तहरुले खोजीकार्य जारिराखेका छन् ।

बालिका अञ्जलीले प्रयोग गर्ने गरेको मोबाइल समेत अहिले अफ भएको छ । अञ्जलीलाई देख्नहुने जो कोहिले केदार पौडेल ९८५७०४१२८७ रमेश पौडेल ९८०४२ ६३५५७ वा नजिकैको प्रहरी कार्यालयमा खवर गरिदिनुहुन परिवारले अनुरोध गरेको छ ।