शिक्षामन्त्री पन्तको शपथ ग्रहण

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले पथ तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ ।
उहाँलाई शीतलनिवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ खुवाउनुभएको हो । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति पौडेलले हिजो पन्तलाई शिक्षामन्त्रीमा नियुक्त गर्नुभएको थियो ।