आमा, दिदी, भिनाजुसँग घुम्न कश्मिर गएका सुदीपको आक्रमणमा मृत्यु

काठमाडौँ । भारतको जम्मु-कश्मिरमा आतंकवादीको आक्रमणबाट एक नेपालीको मृत्यु भएको छ । जम्मू कश्मिरस्थित पहलगाममा मंगलबार पर्यटकको समूहमाथि भएको आक्रमणमा परी बुटवल बस्ने सुदिप न्यौपानेको मृत्यु भएको हो ।
शनिबारमात्रै घुम्न भनेर घरबाट आमा रिमा पाण्डे, दिदी सुष्मा र भिनाजु उज्ज्वल काफ्लेसहित कश्मिर गएका सुदीपको मृत्यु भएपनि अन्य तीनजना सकुशल रहेको वडा नम्बर १४ का वडाध्यक्ष दधिराम न्यौपानेले बताउनुभयो ।
बुटवल रुपन्देहीका सुदिप न्यौपानेसहित २६ जनाको उक्त हमलामा मृत्यु भएको छ भने १० जना घाइते भएका भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।