भेडाबारीमा निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर हुँदै

नवलपरासी पूर्व । गैँडाकोट नगरपालिका आयुर्वेद शाखाले निःशुल्क आयुर्वेद शिविरको आयोजना गरेको छ । आर्थिक वर्ष २०८१/०८२ को वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत स्वास्थ्य शिविरको आयोजना गरिएको गैँडाकोट नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत झविन्द्र खनालले जानकारी दिनुभयो । यहि बैशाख २७ गते शनिबार गैँडाकोट नगरपालिका वाड नं. १० र ११ को संयुक्त कार्यालय भवन भेडाबारीमा शिविर हुनेछ ।
शिविर विहान १० बजेदेखि ४ बजेसम्म हुनेछ । यस शिविरमा अम्लपित्त, कब्जियत, पेटसम्बन्धि रोगहरु, पाइल्स, पिस्टुला, फिसर, बाथ सम्बन्धी रोगहरु, पिनास, रुघाखोकी, स्त्री रोग सम्बन्धि रोगहरु, पिशाब सम्बन्धि रोगहरु, छाला सम्बन्धि समस्या भएका नगरबासीहरुले स्वास्थ्य लाभ लिन सक्ने प्रमुख प्रशासकीय अधिकृत झविन्द्र खनालले जानकारी दिनुभएको छ ।