चितवनमा भोलिदेखि हुन लागेको ‘घर बनाउने’ मेलाको तयारी पुरा

२०८२ बैशाख २४ बुधबार १७:४९:०० मा प्रकाशित

चितवन । चितवनमा पहिलोपटक हुन लागेको ‘घर बनाउने’ मेलाको तयारी पूरा भएको छ । मेला एसवन होम्स र भी ग्रुपको आयोजनामा भोलि (बिहीबार) देखि नारायणगढमा हुन लागेको मेलाको तयारी पुरा भएको आज पत्रकार सम्मेलन गरी आयोजकले जानकारी दिएको हो ।


घरजग्गाको कारोबार तथा भवन निर्माण सम्बन्धी जानकारी दिने उद्देश्यले मेलाको आयोजना गर्न लागिएको आयोजकले जानकारी दिएको छ । देशकै केन्द्र विन्दु र हरेक क्षेत्रमा सम्भावना बोकेको चितवनलाई लक्षित गरी मेला गर्न लागिएको संयोजक विपीन कँडेलले जानकारी दिनुभयो । मेलामा अत्याधुनिक, बलियो, भुकम्प प्रतिरोधी, टिकाउ र सुन्दर घर बनाउनेबारे सम्पूर्ण जानकारी एकै ठाउँबाट लिन सकिनेछ ।


घर तथा बसोबास निर्माणलाई गुणस्तरीय तथा सहज बनाउन सरकारी निकाय र निजीक्षेत्रको सहकायमा चितवनमा पहिलो पटक घर बनाउने मेला आयोजना गर्न लागिएको संयोजक कँडेलको भनाई छ ।  मेलामा घर बनाउन चाहिने आवश्यक सामाग्री, सरकारी मापदण्ड र सुरक्षासम्बन्धी विषयमा पनि जानकारी गराइनेछ । घर तथा भवन निर्माण गर्दा चाहिने सामाग्रीको जानकारीका साथै मेलामा घरजग्गा किनबेच गर्न खरीदकर्ता र विक्रेताबीच प्रत्यक्ष भेटघाट गराइने संयोजक कँडेलले जानकारी दिनुभयो ।

 

उद्योग बाणिज्य संघ चितवनको परिषदमा हुने मेलामा घरजग्गा, निर्माण सामाग्री लगायतका गरी हालसम्म ३० वटा स्टल बुकिङ भैसकेको र तीन दिनसम्म चल्ने मेलामा १० हजारले अवलोकन गर्ने अपेक्षा रहेको संयोजक कँडेलले बताउनुभयो । मेलाले निर्माण कम्पनी, निर्माण सामाग्री उत्पादक, घरजग्गा व्यवसायी, इन्जिनियर, उपभोक्ता सर्वसाधारण विद्यार्थीहरुलाई फाइदा पुग्ने विश्वास राखिएको छ । मेलामा ८२ जना श्रमिकलाई सम्मान गरिने छ । उद्योग वाणिज्य संघ चितवन र भरतपुर महानगरपालिकाको समन्वयमा आयोजना हुने यस मेला उद्योग वाणिज्य संघ चितवनको परिषरमा हुन लागेको हो ।