भारतका ३२ वटै विमानस्थल खोलिए

२०८२ बैशाख २९ सोमबार १४:१२:०० मा प्रकाशित

काठमाडौँ । पाकिस्तानसँग युद्धविराम भएपछि सोमबारदेखि भारतका सबै बन्द विमानस्थल खोलिएका छन् । मे ७ देखि मे १५ सम्मका लागि बन्द भएका ३२ विमानस्थल अब खुल्ला गरिएको भारतीय विमानस्थल प्राधिकरणले प्रेस विज्ञप्ति जारी गरी जानकारी दिएको छ । 

 

विज्ञप्तिमा यात्रुहरूलाई उडानका लागि पहिले सम्बन्धित एयरलाइन्सबाट जानकारी लिन र नियमित अपडेटका लागि सम्बन्धित एयरलाइन्सको वेबसाइट हेर्न सल्लाह पनि दिइएको छ। 


कम्पनीले सबै विमानस्थल नागरिक उडानका लागि खोलिएको उल्लेख गरेको छ। तथापि हवाई सेवा सामान्य हुन केही समय लाग्ने हुदाँ एयरलाइन्सले यात्रुहरूलाई केही अतिरिक्त समय लिएर विमानस्थल पुग्न सल्लाह दिएको छ।