नारायणी नदीमा पौडी खेल्ने क्रममा डुबेर १८ वर्षीय नेपालीको  मृत्यु

२०८२ बैशाख २९ सोमबार १७:५५:०० मा प्रकाशित

चितवन । नारायणी नदीमा डुबेर एक युवकको मृत्यु भएको छ । भरतपुर-१७ मझुवाका १८ वर्षीय कुमार नेपालीको पौडी खेल्ने क्रममा आज (सोमबार) डुबेर मृत्यु भएको हो ।

 

आफ्ना आमा-बुबासहित नारायणी नदीमा पौडी खेल्न गएका नेपालीलाई दिउँसो करिब १ः३० बजे  बेहोस अवस्थामा पानीबाट निकालिएको चितवन प्रहरीले जानकारी दिएको छ । नेपालीका बुबाले तत्काल उद्धार गरी भरतपुरस्थित नयाँ मेडिकल कलेजमा पु¥याएका थिए । तर उपचारको क्रममा दिउँसो २ः२९ बजे नेपालीको मृत्यु भएको अस्पतालले जानकारी दिएको छ ।


घटनाको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय (इप्रका)चनौलीबाट प्रहरी निरीक्षक बिक्रम रिजालको कमान्डमा प्रहरी टोली खटिएको थियो । प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।