कांग्रेसका जनप्रतिनिधि र पार्टी प्रतिनिधिबीच गैँडाकोटको विकास र योजनामा अन्तरक्रिया

२०८२ जेठ १७ शनिबार १९:००:०० मा प्रकाशित

गैँडाकोट । नेपाली कांग्रेस गैंडाकोट नगर समितिले नेपाली कांग्रेसका जनप्रतिनिधि र पार्टी प्रतिनिधि बीच शनिबार अन्तरक्रिया कार्यक्रम गरेको छ। स्थानीय तहको निर्वाचन २०७९ मा वाचा गरेको घोषणापत्र कार्यान्वयनको अवस्था र आगामी योजना विषयका अन्तरक्रिया सम्पन्न गरेको हो। 
नेपाली कांग्रेसका वडा सभापति एवं वडा प्रतिनिधिले वडामा घोषणापत्रमा भए बमोजिमका काम भएको भएतापनि वडा विकास र वडामा निर्माणका काम र वडामा कृषि शिक्षा लगायतका अन्य क्षेत्रमा विकास निर्माणका कामले अग्रसरता लिनुपर्ने बताएका थिए।
गैंडाकोट नगरपालिका वडा नम्बर १ देखि १८ सम्मका गैडाकोट नगरपालिकामा नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरूले वडाको शिक्षा स्वास्थ्य विकास पूर्वाधार कृषि लगायतका क्षेत्रमा काम गरिरहेको बताएका छन्। उनीहरुले वडामा काम गरिरहेको र नागरिकसँग सहकार्य गर्दै अगाडि बढेको पनि बताएका छन्  । घोषणा पत्रमा भएका काम र विकासलाइ अगाडी बढाइरहेको उनिहरुको भनाई थियो । 
कार्यक्रममा नेपालीकांग्रेसका जिल्ला सभापति एवं गण्डकी प्रदेश सांसद महेन्द्रध्वज जिशीको प्रमुख आतिथ्यता रहेको थियो। उहाँले विकास भइरहेको र पूर्वाधार निर्माणका क्रममा रहेको बताउनुभयो । पहिले र अहिलेमा धेरै काम भएको उहाँले बताउनुभयो । नेपाली कांग्रेसले बनाएको घोषणा पत्रलाई कार्यान्वयन गर्दै अगाडि बढ्नुपर्ने र त्यसकालागि सबै निकायसँग समझदारी सहकार्य र समन्वय गर्दै अगाडि बढ्ने बताउनु भएको छ । 

नेपाली कांग्रेस गैडाकोट नगरका सभापति बद्री सापकोटाले नेपाली कांग्रेसका जनप्रतिनिधि र पार्टीप्रतिनिधिलाई एकै स्थानमा राखेर नगर विकासका लागि हातेमालो गर्ने प्रयास गरेको बताउनुभएको छ। यो कार्यक्रम ले नागरिकले के विकास चाहेका छन् र वडा प्रतिनिधिहरूले वडा अध्यक्षहरूले कसरी काम गरिरहनु भएको छ यसको बारेमा सम्पूर्ण कुरा जानकारी हुने पनि बताउनुभयो सोही अनुसार यो कार्यक्रम राखिएको उहाँको भनाई छ।

 

कार्यक्रममा गैंडाकोट नगरपालिकाका नगर प्रमुख मदनभक्त अधिकारीले गैंडाकोट नगरपालिकाले शिक्षा कृषि लगायतका विकासलाई अगाडि बढाएको र त्यसलाई प्राथमिकता दिँदै अगाडि बढेको बताउनुभएको छ नागरिकलाई आर्थिक रुपमा सम्पन्न बनाउनका लागि विभिन्न सिपमूलक तालिमहरु प्रदान गरिरहेको पनि उहाँले नगरपालिकाले नागरिकको सहजताका लागि शिक्षा स्वास्थ्य कृषि लगायतका क्षेत्रमा विकासका लागि पनि काम गर्ने प्रतिबद्धता जनाउनु भएको छ । 
कार्यक्रममा गैंडाकोट नगरपालिका का नगर उप प्रमुख शान्ति कोइरालाले नगर विकासकालागि सबैसँग हातेमालो गर्दै अगाडि आइरहेको बताउनुभएको छ। उहाँले नगर विकासका विभिन्न कामहरूमा नागरिकसँग र विभिन्न सरोकारवाला निकायहरूसँग हातेमालो गर्दै अगाडि बढिरहेको पनि बताउनु भएको छ । वन्यजन्तुको भय कम गर्न आवश्यक प्रक्रिया अगाडी बढेको बताउदैँ रिङ्रोडको काम अगाडी बढाएको जानकारी दिनुभयो । उहाँले प्रदेश र केन्द्रबाट सहयोग भएकाम सहज हुने बताउनुभयो । 
राष्ट्रिय भुमि समस्या समाधान आयोग नवलपुरका अध्यक्ष तारापति खरेलले कामलाई नियम र कानुन संगत रुपमा अगाडी बढाइरहेको बताउनुभयो । 
सो कार्यक्रममा नेपाली काग्रेस केन्द्र, प्रदेश, नगर र वडाका प्रतिनिधि एवं सदस्य, गैँडाकोटका जनप्रतिनिधि, शुभेच्छुक र सरोकारवालाको सहभागिता रहेको थियो । सो कार्यक्रमको सञ्चालन नगर सचिव गोबिन्द घिमिरेले गर्नुभएको थियो ।