गैँडाकोटमा माइक्रो दुर्घटनामा ७ जना घाइते

गैँडाकोट । नवलपरासी पूर्वको गैडाकोट नगरपालिका–५,स्थित राजमार्गमा माइक्रोबस दुर्घटना हुँदा ७ जना घाइते भएका छन् ।
दाङबाट काठमाडौंतर्फ जाँदै गरेको बा ४ ख ५०५० नम्बरको हाईस गाडी दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ । दुर्घटनामा घाइते भएका मध्ये पाँच जनालाई थप उपचारको लागि चितवनस्थित पुरानो मेडिकल कलेज पठाइएको छ भने दुई जनाको स्थानीय गैडाकोट सामुदायिक मेडिकलमा उपचार भइरहेको नवलपुरका प्रहरी नायव उपरिक्षक मधु नेपालले बताउनुभयो ।
पुरानो मेडिकल कलेज, भरतपुरमा शान्ता विक, ४२ वर्ष, पालुङटार नगरपालिका–७, गोर्खा – ढाडमा चोट, अवस्था मध्यम । कमल विक, ४५ वर्ष, ठेगाना खुल्न बाँकी – टाउकोमा चोट, अवस्था सामान्य।
कृष्ण कुमार नेपाल, ३७ वर्ष, तुलसीपुर उपमहानगरपालिका–१, दाङ – हातमा चोट, अवस्था सामान्य। गीता वली, ५० वर्ष, घोराही नगरपालिका–५, दाङ – अनुहार, बायाँ हात र खुट्टामा चोट, अवस्था मध्यम। धर्मराज के।सी।, ५० वर्ष, तुलसीपुर उपमहानगरपालिका–६, दाङ – शरीरमा चोट, सामान्य अवस्था रहेको घाइतेहरूको उपचाररत रहेका छन् ।
स्थानिय मेडिकलमा सुवास श्रेष्ठ, २१ वर्ष, मध्यविन्दु नगरपालिका–९, नवलपरासी पूर्व – दाहिने हातमा चोट, अवस्था मध्यम। रेजिना श्रेष्ठ, २२ वर्ष, ठेगाना खुल्न बाँकी – दाहिने कुममा चोट, अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
यस्तै चालक अहिले सम्पर्कमा नरहेको प्रहरीले जनाएको छ ।