नागढुंगा–नौबिसे सडक आजदेखि थप ५ दिन बन्द हुने

२०८२ जेठ २६ सोमबार ०७:५४:०० मा प्रकाशित

काठमाडौं । नागढुंगा -नौबिसे सडक खण्डमा सोमबारदेखि थप पाँच दिन बन्द हुने भएको छ ।  सडक मर्मत तथा सुधार कार्य जारी रहेकाले आजदेखि ३० गतेसम्म दिनहुँ साढे चार घण्टा सडक बन्द गर्ने नागढुंगा-मुग्लिङ सडक योजना (पूर्वी खण्ड) ले जनाएको छ ।

आयोजनाले जारी गरेको सूचनामा लेखिए अनुसार जेठ २६ गते अर्थात् आजदेखि जेठ ३० गतेसम्म बिहान साढे १० बजेदेखि ३ बजेसम्म सडक बन्द हुनेछ । अवधिमा साना तथा मझौला गाडीहरुका लागि सीतापाइला-रामकोट-धार्के सडक र सामाखुसी-टोखा-छहरे-त्रिशूली (विदुर)-गल्छी सडक विकल्पको रुपमा प्रयोग गर्न सकिने सूचनामा उल्लेख छ ।