चितवनको कालिकामा स्कुटर अनियन्त्रित हुँदा दुई जना घाइते

२०८२ असार २३ सोमबार १२:५५:०० मा प्रकाशित

चितवन । चितवनमा स्कुटर अनियन्त्रित भई पल्टिदा दुई जना घाइते भएका छन् । चितवनको कालिका नगरपालिका वडा नं. ९ दव्यटारबाट भरतपुरतर्फ आउदैँ गरेको स्कुटर अनियन्त्रित भई पल्टिदा दुई जना घाइते भएका हुन् ।

 

घाइते हुनेमा भरतपुर महानगर २ बस्ने स्कुटर चालक २५ वर्षीय रोशन गुरुङ रहेका छन् । उनलाई थप उपचारको लागी काठमाडौँ पठाइएको छ । त्यस्तै, स्कुटरको पछाडी सवार रत्ननगर नगरपालिका १५ बस्ने २१ वर्षीय बसन्ती लामा रहेकी छिन् । उनको भरतपुर सरकारी अस्पतालमा उपचार भई रहेको प्रहरीले जनाएको छ । उक्त स्कुटर भने प्रहरीको नियन्त्रणमा रहेको छ ।