पोखरा उद्योग वाणिज्य सङ्घले निकाल्यो शान्तियात्रा

२०८२ भदौ ३१ मंगलबार १२:४९:०० मा प्रकाशित

पोखरा । जेनजी प्रदर्शनपछि पनि निरन्तर अशान्त गतिविधि चलिरहेको अवस्थामा पोखरा उद्योग वाणिज्य सङ्घले शान्तियात्रा निकालेको छ । सङ्घले मंगलबार पोखरामा शान्तियात्रा निकालेको हो ।


सङ्घका अध्यक्ष गोकर्ण कार्कीका अनुसार आन्दोलनमा घुसपैठबाट लुटपाट, आगजनी भएको हुँदा सार्वजनिकदेखि निजी सम्पत्तिमा क्षति पुगेको छ । देश परिवर्तन भैसकेको छ । देशमा नयाँ सरकार आइसकेको छ । अब शान्ति कायम हुनुपर्छ । उहाँले संयततापूर्वक व्यवसाय चलाउन व्यवसायीसँग आग्रह गर्नुभयो । शान्ति र अमनचयन कायम गराउन सरकारलाई निजी क्षेत्रको तर्फबाट पूर्ण साथ दिइने सहभागीहरूले प्रतिबद्धता जनाएका छन् । पोखरामा दर्जनौं व्यवसायीक प्रतिष्ठानमा आगजनी र तोडफोड भएको छ । यात्रामा पोखराका उद्योगी, व्यवसायीसँगै सामाजिक व्यक्तिहरूको पनि सहभागीता रहेको थियो ।