किसान साकोसकोे ३० औँ साधारण सभा सम्पन्र, १५ प्रतिशतले शेयर पुजीमा वृद्धि
2025-10-13-06-04-27.jpeg)
गैंडाकोट । किसान बचत तथा ऋण सहकारी संस्था लिमिटेडको इकाई ३ अन्तर्गत सोमबार ३०औँ बार्षिक साधरणसभा सम्पन्र भएको छ । कार्यक्रम गैँडाकोट २ स्थित द नारायणी होटल को सभाहलमा भएका हो । विभिन्न पेशा व्यवसायमा आवद्ध २५ जना बाट वि.स.२०५२ सालमा सुरुभएको किसान साकोसमा हाल करीब ९४ हजार व्यक्तीलाई प्रत्यक्ष वित्तीय एवं गैर वित्तीय सेवा प्रवाह गरेको किसान साकोसले आफ्नो ३० औं साधारण सम्पन्न गरेको छ ।किसान साकोसका अध्यक्ष भोजराज पौडेलको अध्यक्षतामा भएको सो साधारणभा सभा संस्थाकी सचिव सरस्वती कंडेलले आ.व. २०८१÷८२ को प्रगति प्रतिवेदन तथा २०८२÷८३ को प्रस्तावित निती तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो ।
पुृराना तथा नयाँ थप कार्यक्रमहरुलाई निरन्तरता दिदै आएको सो संस्थाको आर्थिक प्रतिवेदन संस्थाका कोषाध्यक्ष राजेन्द्र गौतमले प्रस्तुत गर्नुभएको थियो । सो साधारण सभामा उत्कृष्ट शेयर सदस्यहरु, उत्कृष्ट ऋणिहरु, उत्कृष्ट बालबचत तर्फका विधाहरुमा पुरस्कार वितरण गरिएको संस्थाका सचिव सरस्वती कंडेलले जानकारी दिनुभयो । आ.व. २०८१÷८२मा रु ४० करोड भन्दा बढी शेयर पुजी रहेको यस संस्थाले गत वर्षको भन्दा १५ प्रतिशतले शेयर पुजी बृद्धि गर्न सफल भएको संस्थाका कोषाध्यक्ष गौतमले बताउनुभयो ।