गैंडाकोटमा “मानव बेचबिखन तथा लैङ्गिक हिंसा अन्त्यको अभियान”अन्तर्गत स्थानीय निकायहरुसँगको समन्वयात्मक बैठक सम्पन्र
2025-10-16-07-08-52.jpeg)
गैंडाकोटमा “मानव बेचबिखन तथा लैङ्गिक हिंसा अन्त्यको अभियान” अन्तर्गत स्थानीय निकायहरुसँगको समन्वयात्मक बैठक सम्पन्र भएको छ । स्ट्याण्डार्ड चार्टर्ड बैंकको सहयोग तथा आफन्त नेपालको आयोजनामा गैंडाकोट नगरपालिकाको सभाहलमा विहीबार भएको थियो ।
कार्यक्रममा प्रमुख प्रशिक्षक तथा आफन्त नेपालका कार्यक्रम व्यवस्थापक अनिता खडकाले विगत १९ वर्षदखि मानव बेचबिखन र लैङ्गिक हिंसा अन्त्यका लागि काम गरिरहेको बताउनुभयो । उहाँले नेपाल –भारत सीमामा निगरानी केन्द्र स्थापना गरी मानव बेचबिखन तथा ओसारपसार विरुद्ध निगरानी, सुचना सम्पे्रषण,उद्दार–परामर्श गदै आइरहेको बताउनुभयो । खडकाले भन्नुभयो “सस्थाले सुरक्षित आवास सेवा,मनोसामाजिक विमर्श, कानुनी सहायता र व्यवसायिक सीप विकास तालिम लगायत अन्य सेवाहरु प्रदान गरेको छ । तेस्तै पारिवारिक पुनर्मिलन र सामाजिक पुनस्र्थापना गर्दै आइरहेको उहाँले बताउनुभयो । उहाँले गैंडाकोट नगरपालिकाम पनि यस्तो कार्यक्रम आवाश्यक देखिएकाले अभियान सुरु गर्न लागिएको बताउनुभयो ।
कार्यक्रममा गैंडाकोट नगरपालिकाको उप–प्रमुख शान्ती कोइरालाले नगरपालिका भित्र पनि मानब बेचबिखन तथा लैङ्गिक हिंसामा परेका व्यक्तिहरु भएको बताउनुभयो । उप–प्रमुख कोइरालाले हिंसामा परेका पिडितहरुलाई उद्दार गरेर ल्याइसके पछि घरपरिवार तथा समाजमा पुनस्र्थापना हुन कठिन हुने हुदा यस्तो अभियान आवश्यक रहेको बताउनुभयो ।
वडा नं. ५का वडा अध्यक्ष रत्नप्रसाद सापकोटाले बर्सेनि कार्यक्रमहरु गर्दै आएतापनि यस्तो समस्या बढ्दै गएका कारण आफन्त नेपाल जस्ता संस्थाहरुसँग सहकार्य गर्दै अगाडि बढ्ने प्रतिबद्धता जनाउनुभयो ।
महिला तथा बालबालिकाको क्षेत्रमा कार्यरत संघसंस्था ,सामाजिक विकास शाखाका प्रतिनिधि,नेपाल प्रहरी लगायतको सहभागिता रहेको कार्यक्रमको सहजीकरण राधा पौडेल लम्सालले गर्नुभएको थियो ।