अर्घाखाँचीमा फोर्स गाडी दुर्घटनाः ९ जना घाइते

२०८२ कार्तिक ८ शनिबार १५:४७:०० मा प्रकाशित

बुटवल । अर्घाखाँचीबाट बुटवल आउँदै गरेको एक फोर्स गाडी दुर्घटनामा परेको छ। अर्घाखाँचीको छत्रदेव गाउँपालिका-५ दौरा चौतारीमा अर्घातोसबाट बुटवलका लागि हिँडेको लु १ ज ४३५२ नम्बरको फोर्स गाडी दुर्घटना हुँदा ९ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ।


प्रहरीको प्रारम्भिक अनुमानअनुसार ब्रेक फेल भएर गाडी सडकमै पल्टिँदा दुर्घटना भएको हो। दुर्घटनामा एक जना गम्भीर र अन्य ८ जना सामान्य घाइते भएका छन्। अर्घाखाँची मालारानी-१ का ७० वर्षीय भोजराज भुसालको छाती र ढाडमा चोट लागेकाले उनलाई थप उपचारका लागि बुटवल पठाइएको छ। अन्य ८ जना घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।

उक्त गाडीमा चालकसहित १५ जना सवार थिए। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।