सुन्तला बिक्री गर्ने तयारीमा बुलिङ्गटारका किसान
 
    नवलपुर । बुलिङ्गटार गाउँपालिका-५ राईकोटका किसानले यस वर्ष पनि सुन्तला बिक्री सुरु गरेका छन्। किसानहरूले आफ्नै गाउँको सडक छेउमै सुन्तला ल्याएर सुन्तला बिक्री गर्दै आएका छन् ।
बुलिङ्गटारकै पिठौली र गड्गडीघाटमा प्रत्येक वर्ष एकादशीका दिन मेला लाग्ने हुँदा मेलालाई लक्षित गर्दै किसानहरूले बजारका लागि सुन्तला तयारी अवस्थामा राखेका हुन् ।
बुलिङ्गटार गाउँपालिका जिल्लाकै सबैभन्दा धेरै सुन्तला फल्ने पालिका मानिन्छ। राईकोट, रामकोट र छरछरे गाउँ सुन्तलाका लागि पहिचान भएका क्षेत्र हुन्। त्यस्तै, छिमेकी गाउँपालिका बौदीकालीको बोबकमा पनि राम्रै मात्रामा सुन्तला उत्पादन हुने गरेको छ।
किसानहरूले यस वर्षको पहिलो फलमा बारीमै प्रतिकिलो रु ६० मा सुन्तला बिक्री गर्दै आएका छन्। स्थानीयहरूका अनुसार राम्रो मूल्य र उत्पादनले यस वर्ष किसानहरू उत्साहित भएका छन्।
 
															 
                             
                             
                             
                            2023-07-07-02-51-33.png) 
						 
                            
                            
                            
                             
											2025-10-31-06-02-26.jpeg) 
											 
											 
											 
											 
											 
											 
                            