चितवनका युवा व्यवसायी सिग्देललाई आक्रमण गर्ने तीन जना मुग्लिनबाट पक्राउ
 
    चितवन । चितवनका युवा व्यवसायी रामप्रसाद सिग्देल (सुलभ) लाई आक्रमण गर्ने तीन जनालाई चितवन प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरुलाई गएराती १ बजे मुग्लिनबाट नियन्त्रणमा लिएको प्रहरी स्रोतले जनाएको छ । उनीहरुको अनुसन्धान भइरहेको र अनुसन्धान पश्चात पहिचान खुलाउने प्रहरीले जनाएको छ ।
भरतपुरस्थित सिजी ल्याण्डमार्कमा रहेको पपुलर शैलुनका संचालक सिग्देललाई अपरिचित समूहले बिहिबार अपरान्ह आक्रमण गरेको थियो । काम सकेर घर फर्कने क्रममा उनलाई सिजी ल्याण्डमार्कको पार्किङमा तीन जनाको समुहमा आएकाहरुले आक्रमण गरेका थिए । सिसी टिभी फुटेजमा उनीहरु सिजी ल्याण्डमार्कको प्रवेशद्धारमा कुरेर बसेको र देख्नासाथ बाइकको हेलमेट प्रयोग गरेर आक्रमण गरेको देखिन्छ । मलका सुरक्षा गार्ड गएपछि उनिहरु भागेको सिसीटिभी फुटेजमा देखिन्छ । घटना घटेको १० घण्टाभित्रै उनीहरुलाई पक्राउ गर्न चितवन प्रहरी सफल भएको हो ।आक्रमणबाट सिग्देलको हात र टाउकोमा चोट लागेको छ ।  केही साताअघि पनि उनीमाथि सिजी मलमा नै आक्रमण भएको थियो ।
 
															 
                             
                             
                             
                            2023-07-07-02-51-33.png) 
						 
                            
                            
                            
                            2025-10-31-06-02-26.jpeg) 
											 
											 
											 
											 
											 
											 
                            