गैँडाकोटमा नगरस्तरीय आठौ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता कार्तिक २१ बाट शुरु हुने
गैँडाकोट । गैँडाकोटमा नगरस्तरीय आठौ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता हुने भएको छ । बुधबार लक्ष्मी मावि अमरापुरीमा आठौं राष्ट्रपति रनिङशील्ड प्रतियोगिताको जानकारी दिने उद्देश्यले पत्रकार सम्मेलनको आयोजना गरिएको थियो। गैँडाकोट नगरपालिकाको आयोजना, लक्ष्मी माध्यामिक विद्यालयकोे ब्याबस्थापन र गैडाकोट नगर खेलकुद बिकास समितीको संयोजनमा प्रतियोगिता हुन लागेको हो । प्रतियोगिता कार्तिक २१ गतेदेखि २४ गतेसम्म सञ्चालन हुने छ ।
प्रतियोगितामा भलिबल, कवड्डी, एक सय मिटर देखी ३ हजार मिटरसम्मको दौड प्रतियोगिता, रिले रेस, हाइजम्प, लङजम्प, त्रिपलजम्प, भाला हान्ने खेल(ज्याब्लीङ), सटफुट, मार्सलआर्ट तर्फ तेक्वान्दो र कँंराते लगायतका खेल हुने छन् । करिब १२०० विद्यार्थीहरूले सहभागी जनाउने प्रतियोगितामा ३०० भन्दा बढी मेडलको लागि प्रतिस्पर्धा हुनेछ।
प्रतियोगितामा प्रथम हुने टिमले २५ हजार, द्वितीय हुने टिमले २० हजार र तृतीय हुने टिमले १५ हजार रुपैया नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन। तेस्तै मार्चपासमा प्रथम हुने समुहले ७ हजार, द्वितीयले ५ हजार, तृतीयले ३ हजार र सान्त्वनाले १ हजार पाँच सय नगद पुरस्कार सहित ट्रफी पाउनेछन्।

राष्ट्रपति रनिङशील्ड प्रतियोगिताको लागि गैंडाकोट नगरपालिकाबाट ६ लाख उपलब्ध हुनेछ भने गैंडाकोट वडा नम्बर १५ बाट ३ लाख ५० हजार, वडा नम्बर १६ बाट २ लाख, वडा नम्बर १७ बाट १ लाख र वडा नम्बर १४ बाट २ लाख गरी ८ लाख ५० हजार वडाबाट सहयोग हुनेछ भने सुन्दरी सामुदायिक वनबाट ६० हजार नगद सहयोग हुने बिद्यालयका प्रधानाध्यापक मणिकण्ठ कँडेलले बताउनुभयो । प्रतियोगिताको लागि अहिलेसम्म करिब १५ लाख १० हजार प्राप्त भएको र अझै सहयोग हुन सक्ने प्रधानाध्यापक कँडेलले जानकारी दिनुभयो।
खेलाडीहरुको स्वस्थ्यको सुरक्षाका लागि बिद्यालय नर्स, एम्बुलेन्स प्रत्येक खेलमा रहने छन् भने प्रत्येक खेलाडिको १ लाख बराबरको बिमा समेत गरिएको प्रधानध्यापक कंडेलले जानकारि दिनुभयो ।
गैँडाकोटमा ४ दिनसम्म सञ्चालन हुने राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताको तयारी तीव्र पारिएको छ । लक्ष्मी माध्यामिक विद्यालय गैडाकोट वडा नम्बर १५ को खेल मैदानमा प्रतियोगिताको सबै खेल हुने हुदा मैदान सम्याउने र आवश्यक पूर्वाधार निमार्णको तयारी अन्तिम चरणमा पुगेको बिद्यालयका सहायक प्रधानध्यापक तिलक बटालाले जानकारी दिनुभयो ।
गैँडाकोट नगर खेलकुद बिकास समितिका उपाध्यक्ष लक्ष्मण कार्कीले यस्ता प्रतियोगिताहरुले बिद्यालय स्तरबाट पनि समयसमयमा हुनुपर्ने बताउनुभयो । खेलले बिद्यार्थीलाई अनुशासीत हुन पनि सिकाउने उहाँको भनाइ छ ।
.jpg)
जिल्ला स्तरिय रनिङशिल्ड प्रतियोगितामा पहिला जुन विद्यालय प्रथम हुन्छ त्यही विद्यालय सहभागी हुने प्रावधान थियो भने गत वर्षदेखि पालिका सहभागी हुने प्रावधान रहेको गैंडाकोट नगर खेलकुद विकास समितिका सदस्य तथा गण्डकी प्रादेशिक क्रिकेट संघका उपाध्यक्ष प्रकाश पौडेलले जानकारी दिनुभयो। प्रतियोगिताबाट सर्वोकृष्ट खेलाडी छनौट गरेर जिल्लामा जाने यो एक किसिमको छनोट खेल पनि रहेको पौडेलले जानकारी दिनुभयो । प्रतियोगिताबाट छनौट भएका खेलाडि जिल्ला स्तरिय ,प्रदेशस्तरीय, राष्ट्रिय रुपमा खेल खेल्न सफल भएको पौडेलले बताउनुभयो।
पत्रकार सम्मेलनमा गैडाकोट वडा नम्बर १६ का वडा अध्यक्ष विनोद कुमार मल्ल, वडा नम्बर १४ का वडाध्यक्ष कोकिसरा रानाामगर र वडा नम्बर १५ का वडा अध्यक्ष प्रेमराज तिमल्सिना , रनिङशिल्डमा भाग लिएका विद्यालयका प्रधानाध्यापक तथा प्रतिनिधी ,शिक्षक र बिद्यार्थीको उपस्थिती रहेको थियो।
लक्ष्मी माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रजापति कण्डेलको अध्यक्षतामा भएको पत्रकार सम्मेलनको सहजीकरण विद्यालयका सूचना अधिकारी सुरेन्द्रराज भट्टराईले गर्नुभएको थियो।
लगातार तीन वर्षसम्म विजय हुने टिमले रनिङशिल्ड प्राप्त गर्न सक्नेछ। प्रतियोगितामा उत्कृष्ट नतिजा ल्याउने खेलाडीहरू जिल्लास्तरीय रनिङशील्ड प्रतियोगितामा छनौट हुने छन् । । गत वर्षको जिल्लास्तरीय रनिङशील्ड प्रतियोगितामा गैडाकोट नगरपालिकाले द्वितीय स्थान हासिल गरेको थियो।