जलुके खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको २४ औँ साधारण सभा सम्पन्न

२०८२ कार्तिक २२ शनिबार १८:१६:०० मा प्रकाशित

गैँडाकोट । जलुके खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको २४ औँ साधारण सभा शनिबार सम्पन्न भएको छ । कार्यक्रम गैंडाकोट २ स्थित होटल ताजमा भएको हो । कार्यक्रममा गैंडाकोट नगरपालिकाका नगरप्रमुख मदनभक्त अधिकारीले संस्थाले स्वच्छ रुपमा उपभोक्तालाई खानेपानी उपलब्ध गराएकोमा धन्यवाद दिदै, जलुके खानेपानीले गैँडाकोट बासीलाई स्वच्छ पानी उपलब्ध गराएको र भविष्यमा पनि आफ्नो कार्य सञ्चालनलाई निरन्तरता दिँदै अगाडि बढ्ने कुरामा आफू विश्वस्त रहेको बताउनुभयो । जड्डलको संरक्षण नगर्दा पानीको स्रोत घट्ने हुँदा जल र जंगलको संरक्षण गर्न आवश्यक रहेको समेत उहाँले बताउनुभयो ।

 

जलुके खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष जगन्नाथ पौडेलले नेपाल सरकार राष्टिय योजना विषेश अनुदान बजेट अन्तर्गत आ. व. २०८०-८१ र ८१-०८२  मा ८ कि.मी  जँगलको मेन पाइप लाइन परिवर्तन गरि प्रति सेकेन्ड १० लि. पानी ल्याउन सफल भएका छौँ भन्दै दोस्रो मुहानको पाइप जडान कार्य भइरहेको बताउनुभयोे । संस्थाका सचिव शालिकराम आचार्यले प्रतिवेदन प्रस्तुत गर्दै राष्टिय दिगो लक्ष्य २०१९ देखि २०३० लाई आत्मसाथ गर्दै नेपाल सरकारले सन् २०३० सम्म ९० प्रतिशत जनतालाई सुरक्षित खानेपानीको पहुच पुर्याउन राखेको लक्ष्य प्राप्तिका लागी यो  संस्था अग्रिण स्थानमा रहेको बताउनुभयो । खानेपानीको सुविधालाई सुधार विस्तार गरी निरन्तर सेवा पु¥याउनु, संस्थाको संस्थागत उन्नती  गर्नु, गुणस्तरयुक्त खानेपानी वितरण गर्नु, प्रविधीको उच्चतम प्रयोग गर्नु, साधनको खोजी गरी दक्ष जनशक्तिद्धारा कार्य सम्पादन गर्नुका साथै संस्थागत गतिविधीलाई उपभोक्ता माझ पुर्याउनु, संस्थाको मुख्य उदेश्य रहेको बताउनुभयो ।

 

कोषाध्यक्ष चिनीमाया श्रेष्ठले प्रतिवेदन प्रस्तुत गर्दै आर्थिक वर्ष २०८१-०८२ मा संस्थाले १ करोड १७ लाख  ८७ हजार ३८ रुपैया आम्दानी गरेको छ । प्रशाासनिक र  निर्माण तर्फ गरी  १ करोड ३० लाख ८ सय ६४ रुपैँया खर्च भएको कोषाध्यक्ष श्रेष्ठले बताउनुभयो । यस बर्षको घाटा रु. १२ लाख १३ हजार ८ सय २६ रुपैया  रहेको  उहाँलेबताउनुभयो । 

कार्यक्रममा लेखा समिति संयोजक विश्वराज लम्सालले लेखा प्रतिवेदन, अनुगमन तथा मूल्यङकन समितिका संयोजक ध्रुवप्रसाद अधिकारी अनुगमन समिति प्रतिवेदन, खानेपानी सुरक्षा उप समितिका संयोजक मेघनाथ पौडेलले खानेपानी सुरक्षा सम्बन्धि प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । 

 

कार्यक्रममा विशिष्ट अतिथि खानेपानी तथा सरसफाई डिभिजन कार्यालय प्रमुख शम्भु खनाल, गैँडाकोट वडा नं १ का वडा अध्यक्ष सूरेन्द्र प्रसाद रेग्मी, नगर खानेपानी बोर्डका अध्यक्ष विष्णु प्रसाद सापकोटा लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । संस्थाका अध्यक्ष जगन्नाथ पौडेलको अध्यक्षतामा सम्पन्न सो कार्यक्रमको  सहजीकरण सचिव शालिकराम आचार्यले गर्नुभएको थियो ।