कन्टेनर ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार युवक र युवतीको मृत्यु
खैरहनी । खैरहनी नगरपालिका वडा नं–८, चैनपुर चोकस्थित पूर्व–पश्चिम राजमार्गमा कन्टेनर ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ ।
पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मधेश प्रदेश ०३–००२ ख ०७९९ नम्बरको कन्टेनर ट्रकले विपरीत दिशाबाट आउँदै गरेको बागमती प्रदेश ०६–००५ प ७७६८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जना गम्भीर घाइते भएका थिए ।
दुर्घटनामा मोटरसाइकल चालक राप्ती–७ बस्ने १९ वर्षीय श्रीराम कँडेल र मोटरसाइकलपछाडि सवार राप्ती–५ बस्ने २० वर्षीया बिमला तामाङको पुरानो मेडिकल कलेज (सिएमएस)भरतपुरमा उपचारका क्रममा मृत्यु भएको हो ।
ठक्कर दिने कन्टेनर, मोटरसाइकल र कन्टेनर चालक नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।