समाजसेवी तिलक गैरे द्धारा क्षतिग्रस्त ट्राफिक कन्ट्रोल रुमको पुनर्निर्माणका लागि आर्थिक सहयोग

२०८२ कार्तिक ३० आइतबार १४:४१:०० मा प्रकाशित

काठमाडौं । एनआरएनए आईसीसीका सचिव तथा युवा समाजसेवी तिलक गैरेले क्षतिग्रस्त ट्राफिक कन्ट्रोल रुमको पुनर्निर्माणका लागि आर्थिक सहयोग गर्नुभएको छ । 
राजधानीमा रहेको क्षतिग्रस्त ट्राफिक कन्ट्रोल रुमको पुनर्निर्माणका लागि गैरेले चार लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गर्नुभएको छ। 
कठिन समयमा गरिएको यो सक्रिय योगदानले काठमाडौं उपत्यकाको ट्राफिक प्रणालीलाई सुचारु र व्यवस्थित बनाउन महत्वपूर्ण भूमिका खेलेको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ। कन्ट्रोल रुम पुनर्निर्माणपछि दैनिक रूपमा हजारौं सवारी साधन आवागमन हुने क्षेत्रमा ट्राफिक व्यवस्थापन थप प्रभावकारी हुने अपेक्षा गरिएको छ। 
गैरेको योगदानप्रति सम्मान व्यक्त गर्दै एनआरएनए सदस्यहरूका अनुसार “तिलक प्रसाद गैरे ज्यूको सक्रियता र समर्पणले काठमाडौंको ट्राफिक मात्र होइन, सहरको दैनिकी सहज बनाउन मद्दत पुगेको छ । देश र समुदायप्रतिको उहाँको ईमानदार लगाव प्रेरणादायी छ। ट्राफिक व्यवस्थापन सुधारका लागि आर्थिक सहयोग बाट महत्वपूर्ण योगदान पुग्ने बिश्वास लिएको छ।
समाजसेवा र राष्ट्रप्रतिको जिम्मेवारीप्रति निरन्तर समर्पित गैरेले आगामी दिनमा पनि यस्तै सकारात्मक कार्यलाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गर्नुभएको छ।
एनआरएनए आईसीसीका सचिव तथा युवा समाजसेवी तिलक गैरेले भन्नुभयो ।“यो देशले हामी सबैलाई धेरै दिएको छ। कठिन घडीमा मातृभूमिलाई आवश्यक परेको ठाउँमा सहयोग गर्नु नागरिकको कर्तव्य हो भन्ने विश्वास राख्छु। ट्राफिक व्यवस्थापन सुधारियो भने हजारौँ नागरिकको दैनिक जीवन सहज हुन्छ भन्ने सोचले यो योगदान गरेको हुँ। आगामी दिनहरूमा पनि जहाँ आवश्यक पर्छ, त्यहाँ सहयोगका हात बढाइरहनेछु।”
गैंडाकोट वडा नम्बर ६ का सरल स्वभावका धनि समाजसेवी तिलक गैरे हाल व्यवसायको शिलशिलामा पोर्चुगलमा हुनुहुन्छ । उहांँले स्वदेशमा मात्र नभई पोर्चुगलमा रहंँदा पनि धेरै नेपालीहरुलाई सहयोग गर्नुभएको थियो ।उहाँले नेपालका अनाथलय, दुर्गम विद्यालय, बाढि पिडित तथा खेलकुदको क्षेत्रमा पनि आर्थिक सहयोग गर्दै आउनु भएको छ ।