उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन

२०८२ मङ्सिर १ सोमबार ११:५६:०० मा प्रकाशित

काठमाण्डौं । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन । आज दिउँसो कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ ।

 

त्यस्तै, आज राती देशभर मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।