सुनको मुल्य तोलामा ३८ सयले घट्यो

२०८२ मङ्सिर २ मंगलबार १३:२४:०० मा प्रकाशित

काठमाण्डौं । नेपाली बजारमा सुनचाँदीको मुल्य घटेको छ । यसअघि सोमबार तोलाको २ लाख ४३ हजार ३ सयमा कारोबार भएको सुनको मूल्य मंगलबार तोलाको ३८ सयले घटेर तोलाको २ लाख ३९ हजार ५ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।  

 

त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ६५ रुपैयाँले घटेर ३ हजार ९० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि सोमबार चाँदी तोलाको ३ हजार १ सय ५५ मा कारोबार भएको थियो ।