फेरि बढ्यो अन्डाको मूल्य

२०८२ मङ्सिर २२ सोमबार १२:४७:०० मा प्रकाशित

काठमाडौं । भोलि मंगलबारदेखि लागु हुने गरी अन्डाको भाउ बढाइएको छ । भोलि मंगलबारदेखि लागु हुने गरी अन्डाको भाउ बढाउने निर्णय गरेको नेपाल लेयर्स कुखुरापालक संघले जनाएको छ ।


१३ मंसिरमा अन्डाको भाउ बढाएको संघले फेरि प्रतिक्रेट २० रुपैयाँ बढाएर नयाँ मूल्य सार्वजनिक गरेको छ । मूल्य बढेसँगै सबैभन्दा ठूलो अन्डाको भाउ प्रतिक्रेट ५ सय ८० रुपैयाँ यस्तै ठूलो अन्डाको भाउ प्रतिक्रेट ५ सय ६५ रुपैयाँ र मध्यम अन्डाको भाउ प्रतिक्रेट ५ सय ५० रुपैयाँ तोकिएको छ ।


संघका अनुसार १३ मंसिरमा सबैभन्दा ठूलो अन्डा प्रतिक्रेट ५ सय ६०, ठूलो अन्डा प्रतिक्रेट ५ सय ४५ र मध्यम अन्डा प्रतिक्रेट ५ सय ३० रुपैयाँ थियो । संघका सचिव मदन पोखरेलले अहिले अन्डा उत्पादन एकदमै कम भएको र माग बढी भएको हुँदा भाउ बढेको बताएका हुन् ।