भरतपुर अस्पतालमा १५ बेडको ट्रमा सेन्टर उद्घाटन

२०८२ मङ्सिर २२ सोमबार १२:५१:०० मा प्रकाशित

चितवन । भरतपुर अस्पतालले औपचारिक रुपमा ट्रमा सेन्टरबाट उपचार सेवा सुरु गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री डा.सुधा गौतमले आइतबार ट्रमा सेन्टर भवन र कम्पाउण्डीङ फार्मेसी ल्याबको समुद्घाटन गरेसंगै भरतपुर अस्पतालमा औपचारिक रुपमा ट्रमा सेन्टरबाट सेवा सुरु भएको हो ।

 

तत्कालका लागि १५ बेड क्षमतामा ट्रमा सेन्टरबाट उपचार सेवा सुरु गरिएको अस्पतालमा मेडिकल सुपरिटेण्डेन्ट (मेसु) डा.कष्णप्रसाद पौडेलले जानकारी दिनुभयो  । अस्पताल विकास समितिले आफ्नै स्रोतबाट ट्रमा सेन्टर निर्माण गरेको हो । भवन निर्माण गर्दा ११ करोड खर्च भएकोमा सबै उपकरण जडान हुँदासम्म १३ करोड रुपैयाँ खर्च लाग्ने भएको छ । यो ट्रमा सेन्टर ५० बेड क्षमताको रहने छ ।