श्री हरिहर मन्दिरको हित खुल्ला बत्ती कात्ने प्रतियोगितामा सम्पन्न , सरस्वती सापकोटा प्रथम ।।

२०८२ फाल्गुण ४ सोमबार १०:५६:०० मा प्रकाशित

गैंडाकोट । श्री हरिहर मन्दिर परमानन्द सन्यास आश्रम गैडाकोट वडा नं ७ शीतलनगरले महाशिवरात्रीको पावन अवसरमा धार्मिक अनुष्ठान सहित खुल्ला बत्ती कात्ने प्रतियोगिता गरेको छ। आइतवार मन्दिरको परिसरमा भएको बत्ती कात्ने प्रतियोगितामा सरस्वती सापकोटाले प्रथम स्थान हासिल गर्नुभएको छ। तेस्तै प्रतियोगितामा द्वितीय सानुमाया सापकोटा र तृतीय पार्वती गौतम हनुुभएको छ।

प्रतियोगितामा प्रथम पुरस्कार २ हजार ,द्वितीय पुरस्कार १५ सय र तृतीय पुरस्कार १ हजार नगद सहित सम्मान पत्रले बिजयीलाई मन्दिरको बार्षिकउत्सवमा सम्मान गरिने मन्दिरका कार्यवाहक अध्यक्ष जमुनादेवी कडेलले जानकारी दिनुभयो । अध्यक्ष कँडेलले यस्तै किसिमको प्रतियोगिता अर्को वर्ष पनि सञ्चालन गरिने जानकारी दिनुभयो। 


कार्यक्रममा गैंडाकोट वडा नं ७ का वडा अध्यक्ष होमनाथ सापकोटाले हामीले दैनिक रूपमा दीप प्रज्वलन गर्दा चाहिने बत्तीहरू आफैंले कातेर बाल्छौ भने यस्तो खालको प्रतियोगिताले हामीलाई व्यावसायिकता तर्फ पनि धकेल्ने बताउनुभयो । वडा अध्यक्ष  सापकोटाले आजकल धर्मको नाममा विसंगति भित्रिएकोले त्यसलाई निरुत्साहित गर्न यस्तो किसिमका प्रतियोगिता आवश्यकता रहेको बताउनुभयो। उहाँले हामीले लगाउने जनै बाह्य देशबाट आइरहेको छ त्यसलाई रोक्न र हाम्रो धर्म अनुसार जनैलाई शुद्ध लगाउन हामी आफै उत्पादन गर्नुपर्ने बताउनुभयो ।


प्रतियोगितामा करिब ६० जना महिलाहरूको सहभागिता रहेको थियो ।
श्री हरिहर मन्दिर परमानन्द सन्यास आश्रमका कार्यवाहक अध्यक्ष जमुना देवी कँडेलको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण मन्दिरका सहसचिव भानुभक्त सापकोटाले गर्नुभएको छ।