अछाम १ मा कांग्रेसका स्वाँर विजयी, भीम रावल हारे नेकपाका भीम रावल ५२६ मतले पराजित भए ।

२०८२ फाल्गुण २३ शनिबार १६:३४:०० मा प्रकाशित

अछाम। अछाम १ मा कांग्रेसका भरतकुमार स्वाँरले जित हासिल गरेका छन् । नेकपाका भीम रावल पराजित भए ।

 

स्वारले १० हजार ७५९ मत ल्याए भने रावलले १० हजार २३३ मत पाए । यो कम मतान्तर ९५२६० हो ।यहाँ तेस्रो स्थानमा रहेका एमालेका दीपकबहादुर साउदले ७ हजार ३८९ मत ल्याए भने रास्वपाका ओमप्रकाश रावल १ हजार ७३९ मै सीमित रहे ।