स्वस्थ जीवनशैली प्रवद्र्धनका लागि गैँडाकोटमा आधुनिक जिम सञ्चालनमा

२०८२ चैत १४ शनिबार १६:२३:०० मा प्रकाशित

गैँडाकोट । गैँडाकोट नगरपालिका वडा नं. ४ मा आधुनिक सुविधासहित “गैँडाकोट फिटनेस हब” सञ्चालनमा आएको छ । उक्त फिटनेस हबको वडा नं. ४ का वडा अध्यक्ष तेजप्रसाद घिमिरेले उद्घाटन गर्नुभयो ।


स्थानीय युवा उद्यमी भाष्कर क्षेत्री र तुलबहादुर गुरुङको करिब १ करोड रुपैयाँको लगानीमा जिम सञ्चालनमा ल्याइएको हो । सञ्चालकमध्येका क्षेत्रीले लामो समयदेखि फिटनेस क्षेत्रमा अनुभव हासिल गरेको र प्रशिक्षकका रूपमा समेत काम गरेको बताउँदै स्वदेशमै केही गर्ने उद्देश्यले जिम स्थापना गरिएको जानकारी दिनुभयो।

 

फिटनेस हबमा अत्याधुनिक उपकरणहरू जडान गरिएका छन् । हालसम्म ५० लाख रुपैयाँभन्दा बढी लगानी भइसकेको सञ्चालकले जनाएका छन् । जिममार्फत शारीरिक तन्दुरुस्ती अभिवृद्धि गर्दै स्वस्थ जीवनशैली प्रवद्र्धन गर्ने लक्ष्य राखिएको छ।


यसैबीच, निकट भविष्यमा थप सुविधा सम्पन्न नयाँ भवन निर्माण गर्ने योजना रहेको छ । नयाँ भवनमा कार्डियो, एरोबिक्स, जुम्बा लगायतका सेवाहरू विस्तार गरिने जनाइएको छ । कुल लगानी करिब १ करोड रुपैयाँ पुग्ने अनुमान गरिएको छ ।