गरिब तथा विपन्नलाई निःशुल्क उपचारको व्यवस्था गर्न निर्देशन

२०८२ चैत २४ मंगलबार १७:१५:०० मा प्रकाशित

भक्तपुर । बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले प्रदेशअन्तर्गत सञ्चालित सबै अस्पताललाई कूल शय्याको कम्तीमा १० प्रतिशत शय्या गरिब तथा विपन्न बिरामीलाई निःशुल्क उपलब्ध गराउन निर्देशन जारी गरेको छ ।

 

स्वास्थ्यमन्त्री किरण थापामगरले कानुनमा उल्लेख भएअनुसार अस्पतालले कम्तीमा १० प्रतिशत शय्या लक्षित वर्गका बिरामीलाई निःशुल्क उपलब्ध गराउन निर्देशन जारी गरेको बताउनुभयो । बागमती प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव डा.सुमित्रा गौतमले स्वास्थ्य सेवा ऐनअनुसार हरेक अस्पतालले सामाजिक सेवा एकाइ स्थापना गरी बेवारिसे, अति गरिब, विपन्न, अपांगता भएका विपन्न तथा असहाय व्यक्तिलाई निःशुल्क रूपमा कुल शय्या संख्यामा कम्तीमा १० प्रतिशत शय्यामा उपलब्ध गराउन निर्देशन दिएको बताउनुभयो ।