श्री बिजय आधारभुत बिद्यालयले ३२ औ वार्षिकउत्सब तथा अभिभावक दिवश मनायो

२०८२ चैत २५ बुधबार १९:०७:०० मा प्रकाशित

गैडाकोट । गैंडाकोट वाड नं ८ मा रहेको श्री बिजय आधारभुत बिद्यालयले ३२ औ वार्षिकोउत्सब तथा अभिभावक दिवश मनाएको छ । बुधबार बिद्यालय परिसरमा  विद्यार्थीहरुको प्रतिभा सहित विज्ञान  र गणित प्रदर्शनी पनि गरिएको थियो।
गैडाकोट नगरपालिकाका नगरप्रमुख मदनभक्त अधिकारीले गैँडाकोट नगरपालिकाले शिक्षाको सहज पहुँचका लागि कक्षा ८ सम्म निःशुल्क शिक्षाको व्यवस्था गरिरहेको अवस्थामा शैक्षिक उपलब्धी बढाउन अभिभावक, शिक्षक र विद्यालयले पनि जोड दिन आवश्यक रहेको बताउनुभयो ।

 
गैंडाकोट वाड नं ८ का वडा अध्यक्ष प्रेम सापकोटाले विद्यालयको विकासमा वडाले सहयोग गदै आएको र भविश्यमा पनि सहयोग गर्ने बताउनुभयो ।
गैडाकोट नगरपालिकाका नगर शिक्षा अधिकृत रामप्रसाद अधिकारीले विद्यालयले शैक्षिक सुधारलाई अझै बढाउँदै लैजान आग्रह गर्नुभयो ।
कार्यक्रममा गैडाकोट नगरपालिका नगर शिक्षा समिती सदस्य तथा संस्थापक उपमेयर विष्णु कुमारी कंडेल सापकोटाले विद्यार्थीको शैक्षिक उपलब्धि विकासमा अभिभावकहरूको महत्वपुर्ण भुमिका हुने बताउनुभयो । 
समाजसेवी  सिद्धकुमार श्रेष्ठले सामुदायिक विद्यालयहरूको शैक्षिक गुणस्तर अभिवृद्दि गर्न सबै लाग्नु पर्ने बताउनुभयो ।

 


कार्यक्रममा वडा नम्बर ८ का जनप्रतिनिधि तर्कबहादुर थापा, जनक नमुना माविका प्रधानाध्यापक बुद्धिसागर पण्डित, समाजसेवी नरबहादुर थापा, ,अभिभावकको तर्फबाट किशोर काफ्ले, लगायतले शुभकामना मन्तब्य राख्नु भएको थियो । 
विद्यालयको प्रधानाध्यापक सरस्वती पाण्डेले विद्यालयले गरेका असल अभ्यासहरूको बारेमा जानकारी दिँदै वार्षिक कार्यतालिका अनुसार विद्यार्थीको सर्वांगीण विकासका लागि सह क्रियाकलाप ,अतिरिक्त क्रियाकलाप निरन्तर सञ्चालन गरी पुरस्कृत गर्ने गरिएको बताउनुभयो । प्रधानाध्यापक पाण्डेले न्युन सिकाई उपलब्धि भएका विद्यार्थी पहिचान गरी उपचारात्मक शिक्षणको व्यवस्थाका साथ शिक्षण सिकाइ गरिएको बताउनुभयो। उहाँले प्रविधिमैत्री वातावरणमा कक्षा सञ्चालन गर्ने कार्यको सुरुवात गरी प्रोजेक्टर र ल्यापटपको प्रयोग बाट अध्यापन गराईएको बताउनुभयो।
प्रधानाध्यापक पाण्डेले आगामी शैक्षिक सत्रको लागि प्रस्तावित कार्यक्रमहरू प्रस्तुत गदै शिक्षण सिकाई क्रियाकलापलाई प्रविधिको माध्यमबाट प्रभावकारी बनाइर्, शैक्षिक उपलब्धि, स्कोर वृद्धि गर्न थप प्रोजेक्टर, ल्यापटपको व्यवस्था मिलाई प्रत्येक शिक्षकलाई एक शिक्षक, एक ल्यापटपको व्यवस्था मिलाइने बताउनुभयो । उहाँले थप अक्षय कोषदाताहरूको खोजी गरी धेरैभन्दा धेरै दलित, जनजाति र सीमान्तकृत विद्यार्थीहरूलाई छात्रवृत्तिको व्यवस्था मिलाउन पहल गर्ने बताउनुभयो।


विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कलाधर पौडेलले अभिभावक ,समुदाय  र शिक्षकहरूको साथ सहयोगले विद्यालयको शैक्षिक प्रगति हुदै गएको बताउनुभयो । 
कार्यक्रममा विद्यालयमा राखिएको अक्षय कोषको ब्याज बाट करिब ३७ हजार रकमले विद्यार्थीहरुलाई स्टेश्नरी सामाग्री वितरण गरिएको थियो।


विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कलाधर पौडेलको अध्यतामा भएको कार्यक्रमको सहजीकरण शिक्षक तेजलाल अर्यालले गर्नुभएको थियो ।


२०५४ सालमा कक्षा १ को अनुमति प्राप्त गरी सञ्चालित  विद्यालयले २०६५ सालबाट निम्न माध्यमिक तह सञ्चालनको अनुमति (कक्षा ६) प्राप्त गरी हाल पूर्व प्राथमिक (नर्सरी, के.जी.) देखि कक्षा ८ सम्म अंग्रेजी माध्यमबाट पठन पाठन हुदै आएको छ  । “गुणस्तरीय शिक्षा र जीवनोपयोगी सिकाईका लागि सर्वसुलभ पहुँचको सुनिश्चितता–विजय आधारभूत विद्यालयको प्रतिवद्धता“ भन्ने भावका साथ विद्यालयले राखेको लक्ष्य पुरा गर्ने विद्यालयको भौतिक, शैक्षिक एवम् व्यवस्थापकीय लगायतका समग्र पक्षको समुचित विकासका लागि योजना सहित कार्यक्रमहरु कार्यान्वयमा ल्याईएको छ । फलस्वरुप विद्यालय वालमैत्री वातावरणमा सञ्चालन भएको छ।