तमु ह्युल छोँज धीं गुरुङ राष्ट्रिय परिषद नवलपुरको अध्यक्षमा धनबहादुर गुरुङ चयन

२०८३ बैशाख १३ आइतबार १८:५९:०० मा प्रकाशित

गैंडाकोट । तमु ह्युल छोँज धीं गुरुङ राष्ट्रिय परिषद नवलपुर जिल्ला कार्यसमितिको आठौँ जिल्ला अधिवेशनले धनबहादुर गुरुङको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको छ । जसको वरिष्ठ उपाध्यक्षमा तुलबहादुर गुरुङ, उपाध्यक्षहरूमा जङ्गबहादुर गुरुङ र मनबहादुर गुरुङ, सचिवमा किसान गुरुङ, सहसचिवमा आस गुरुङ, संगठन सचिवमा नन्दा कुमारी गुरुङ चयन हुनुभएको छ । त्यस्तै, प्रचार सचिवमा योबहादुर गुरुङ, कोषाध्यक्षमा ओमराज गुरुङ र सहकोषाध्यक्षमा गोपाल गुरुङ रहनुभएको छ।


त्यसैगरी, सदस्यहरूमा विष्णु गुरुङ, हिमाल गुरुङ, आशा गुरुङ, गीता गुरुङ, सुकबहादुर गुरुङ, भिमबहादुर गुरुङ, सृष्टि गुरुङ, रुबी गुरुङ, राजेन्द्र गुरुङ, प्रितम गुरुङ र सङ्गीता गुरुङ चयन हुनुभएको छ ।


गैँडाकोट-४ स्थित फेमिली क्याफेमा शनिबार भएको कार्यक्रममा विशिष्ट अतिथि उद्योग वाणिज्य संघ गण्डकी प्रदेशका अध्यक्ष अमृत भट्टचनले नवलपुर जिल्ला चार जाति छत्तीस वर्णको साझा बस्ती भएको उल्लेख गर्दै यहाँको धर्म, कला र संस्कृतिको संरक्षण गर्न सबै एकजुट हुनुपर्ने बताउनुभयो । उहाँले आफ्नो हक-हितका लागि आफैं सक्रिय हुनुपर्नेमा जोड दिँदै नवनिर्वाचित कार्यसमितिलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो ।


त्यसैगरी, परिषदका केन्द्रीय अध्यक्ष जगकाजी गुरुङले आफ्ना मौलिक संस्कृतिलाई जोगाउनु सबैको दायित्व भएको बताउनुभयो। उहाँले विगतमा परिषदले गरेका कार्यहरू सराहनीय रहेको उल्लेख गर्दै आगामी दिनमा अझ प्रभावकारी काम हुने विश्वास व्यक्त गर्नुभयो ।


विष्णु बहादुर गुरुङले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको सहजीकरण सचिव तुलबहादुर योज गुरुङले गर्नुभएको थियो । 


कार्यक्रममा नेपाल विद्यार्थी संघ गैँडाकोटका अध्यक्ष निसान गुरुङ,  नवलपुर जिल्ला उपाध्यक्ष धनबहादुर गुरुङ, चितवन जिल्ला अध्यक्ष सीता गुरुङ लगायत विभिन्न गुरुङ समुदायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । कार्यक्रमका अवसरमा सांस्कृतिक कार्यक्रमसमेत प्रस्तुत गरिएको थियो ।