भृकुटी कागज कारखाना व्यवस्थापन नहुँदाका चुनौती र सम्भावित जोखिम
"भृकुटी कागज कारखाना व्यवस्थापन नहुँदाका चुनौती र सम्भावित जोखिम _ बैरा सरकारहरु (स्थानिय+प्रदेश+केन्द्र) लाई ध्यानाकर्षणका लागि केहि तथ्यहरु"
१. कारखाना भित्र क्लोरिन ग्याँस सिलिण्डर (अत्यन्तै विषालु) ४० वटा असुरक्षित अवस्थामा फ्याँकिएका छन् जुन विष्फोट भए भने ४-५ कि.मी. वरिपरी रहेको वस्तिमा उच्च जोखिम हुन सक्ने प्रवल सम्भावना रहने र यदि ग्याँस लिग भयो भने सो क्षेत्रमा हाल बसोबास रहेका समुदाय त्यहाँबाट भागेर ४० मिटर आकाश तिर (माथी) जान सके भने मात्र बाँच्ने सम्भावना रहने जानकारहरू बताउँछन्
२. भृकुटी कागज कारखाना अहिले अजिङ्गर,सर्प लगाएत खतरनाक जिवजन्तुको बासस्थान भएको छ, जस्ले गर्दा जुन सुकै समयमा पनि वरीपरी रहेको मानववस्ती खतरामा छ
३. ३५० भन्दा बढी कर्मचारी जस्ले आफ्नो उर्जाशिल जवानी भृकुटीलाई दिए, ति सबै तलब सुविधाबाट वञ्चित भएर छट्पटाई रहेका छन्, कतिपय जीविकोपार्जन संकटका कारण अल्पायु मै बिते, कतिपय श्रमको उचित सम्मानको पर्खाईमा कुरी रहेका छन्, "सुरक्षित रिटायर्ड लाईफको बदलामा पिंडा र रोदनको बुढेशकालमा मजदुर"
४. भृकुटी ४९ साल तिर निजिकरण भए पश्चात केहि सप्लायर्सहरूको Payment Dues मा रहेको गुनासो सुनिन्छ र ५ वटा Bank संग कम्पनीको Loan रहेको छ यिनै यस्तै कारण वित्तिय क्षेत्र धराशायी भएको अनुमान गर्न सकिन्छ जस्ले गर्दा आज आम नेपाली आर्थिक संकटमा रुमलिएका छन्
५. तात्कालिन चाईना सरकारले नेपालको Highway मा लगानी देखाउनु पर्ने भएकोले भृकुटी, सुनवल चिनि मिल जस्ता उद्योगमा सहयोग गरेको, उद्योग स्थापना पश्चात समाजमा पर्ने दिर्घकालिन प्रभावका बारेमा अनुसन्धान नपुगेको भन्ने कुटनितिक अनुमान छ,
६. चोरी/चकारीको सम्भावना त्यत्तिकै छ, लुकेर गर्ने अपराधिक कार्यको उच्च जोखिम बढेको छ (२ वर्ष अगाडी चोरी/डकैंति/अपराधिक गिरोहमा संलग्न व्यक्ति कारखानाको भवन माथीबाट हाम फालेर भाग्न खोज्दा पेटमा फलाम गढेर मरेको रहेछ जुन घटना अनुसन्धान गर्दा १ हप्ता पछि लाश गनाएर मात्र थाहा भएको प्रमाण छ),
यस विषम परिस्थितिमा
१. पेपर उत्पादन गर्ने Latest Technology सहितको प्रबिधि र मेशिनरी औजारहरू Market मा आइसकेकोले मौजुदा मेशिन औजार र प्रबिधि काम नलाग्ने देखिन्छ,
२. Governmet ले गोल्छासँग गरेको PPA मा उद्योग सञ्चालन गर्ने सर्त मात्र भएकोले अन्य कार्य गर्न नितिगत अप्ठयारो र कागज कारखाना चलाउन हितेष गोल्छाको पनि Interest नहुनु र पुनः कागज कारखाना चलाउनमा स्थानियको चाहना र सहयोग नहुने प्रबल सम्भावना,
३. बैकल्पिक उपायको खोजी एवं नितिगत व्यवस्था समेत मिलाई राष्ट्रिय गौरवको आयोजना सञ्चालन गर्नु पर्ने अधिकांशको अभिमत भएकोले,
अब के गर्ने / What Next ?
IT Park, Medical College, University, Hospitality Business, Museum etc
भृकुटीका बारेमा थाहा पाउँदा राम्रो हुने जानकारी;
स्थापना: वि.सं. २०३९ तिर चिनियाँ सहयोगमा सुरु गरिएको परियोजना
उत्पादन सुरु: वि.सं. २०४३ बाट
निजीकरण: वि.सं. २०४९ मा, तत्कालीन सरकारको उदारीकरण तथा निजीकरण नीति अन्तर्गत
निजीकरणपछि मुख्य रूपमा Golchha Organization सम्बद्ध समूहले सञ्चालन गरेको थियो
अन्ततः श्रमिक विवाद, कच्चा पदार्थको अभाव, विद्युत् संकट लगायत कारणले २०६७/२०६८ सालतिर उत्पादन बन्द भई पछि स्थायी रूपमा बन्द भयो
"हिजो पनि बोलेनौ, आज पनि बोलेनौ, अब त बोल सरकार ; नत्र जनताको आवाज आन्दोलनमा रुपान्तरण गर्न नपरोस्"
हालसम्म भृकुटी व्यवस्थापनमा आवाज उठाउनेहरू सम्पूर्णमा धन्यवाद, एक जुट भएर यो सबाल बैठान गर्न हामी सबै लागौं !
जय देश ! जय गैंडाकोट !!